धनगढी । कैलालीमा रहेर खरो पत्रकारिता गर्ने दिनेश बिष्ट सम्मानित भएका छन् ।उनी खेलकुद पत्रकार मञ्च कैलालीका उपाध्यक्ष पनी हुन् ।
नेपाल खेलकुद महासङ्घ सुदूरपश्चिम प्रदेशको दोश्रो अधिवेशनको अवशरमा बिष्ट सम्मानित भएका हुन् ।
पत्रकारिताका माध्यमबाट सुदूरपश्चिमको खेलकुद बिकासमा महत्वपुर्ण योगदान दिएको भन्दै बिष्टलाई सम्मान गरिएको हो ।
उनलाई कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका केन्द्रिय सचिव एवं सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले सम्मानपत्र प्रदान गरेका हुन् ।
प्रतिक्रिया दनुहोस्