धनगढीमा फुटपाथ निर्माणमा मनपरी, कसैको घरै भत्काइयो, कसैको ‘पिल्लर पर्यो’ भन्दै छाडियो !

भक्तराज जोशी

धनगढी । धनगढीमा फुटपाथ निर्माण कार्यमा मनपरी भएको पाइएको छ । फुटपाथ निर्माणकै लागि भन्दै धमाधम घर तथा सटर भत्काएर काम सुरु गरेको पूर्वाधार विकास कार्यालय कैलालीले अहिले भने फुटपाथ निर्माणमा मनपरी गरेको पाइएको हो ।

हाल धनगढी उपमहानगरपालिकाको कैलाली पुलदेखि क्याम्पस चोकसम्मको सडक क्षेत्रमा धमाधम फुटपाथ निर्माण भइरहेको छ ।

Seti Hospital

पूर्वाधार विकास कार्यालय कैलालीका इन्जिनियर सूर्यप्रकाश जोशीका अनुसार मापदण्डमा उक्त फुटपाथ ३.८५ मिटरको हुनुपर्छ । तर मनपरी फुटपाथ निर्माण भइरहेका उक्त क्षेत्रमा कुनै ठाउँमा ३ मिटर मात्रै फुटपाथ बनाइएको छ भने कुनै ठाउँमा ३.५ मिटरसम्म फुटपाथ निर्माण गरिएको छ । यसरी सुरुमा फुटपाथ बनाउने भन्दै घर भत्काउन लगाएर हाल मापदण्ड अनुसार फुटपाथ निर्माण नभएपछि स्थानीय आक्रोशित बनेका छन् ।

यता फूटपाथ निर्माण गरिरहेको पूर्वाधार विकास कार्यालयका इन्जिनियर जोशीले पनि ठाउँठाउँमा फुटपाथको चौडाई मापदण्ड अनुसार नभएको स्वीकारेका छन् ।

उनले कतिपय अवस्थामा घरको पिल्लर वा सटर नै भत्काउनुपर्ने अवस्था आएपछि सो क्षेत्रमा फुटपाथ केही साँघुरो बनाइएको बताएका छन् । ‘फुटपाथको मापदण्ड ३.८५ मिटर हो । कुनै कुनै ठाउँमा कसैको ढोका नै लगाउन नमिल्ने, कसैको पिल्लर पर्ने हुँदा फुटपाथ केही साँघुरो छ’, उनले भने, ‘हामीले उपमहानगरपालिकासँग समन्वय गरेरका छौँ । उहाँहरुले नै त्यस्तो ठाउँमा समन्वय गर्न भन्नु भएको छ ।’

यस्तै सोही विषयमा धनगढी उपमहानगरपालिकाका इन्जिनियर डिजराज भट्टले पनि कुनै कुनै ठाउँमा फुटपाथको चौडाई केही कम भएको बताएका छन् । उनले कसैको घरको पिल्लर नै भत्काउनुपर्ने अवस्था आएकाले त्यही कारणले काम नै रोक्नु हुन्न भन्ने भएर फुटपाथको चौडाई थोरै घटाएर भए पनि काम भइरहेको बताएका छन् ।

‘कसैको पूरै घर, कसैको पिल्लर नै जाने देखिएपछि त्यस्तो ठाउँमा काम रोक्नु हुन्न भनेर फुटपाथको चौडाई १० १५ सेन्टिमिटर घटाइएको हो ।’ उनले भने ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

dhangadhi Add
Ban karyalaya

समबन्धित समाचार