गृहमन्त्रीको राजीनामा माग्दै प्रतिपक्षी सांसदको नाराबाजी

काठमाडौं : प्रतिपक्षी दलका सांसदहरुले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै नाराबाजी गरेका छन् । उनीहरुले भिजिट भिसा प्रकरणमा मुछिएका गृह मन्त्रालयका कर्मचारीहरुलाई कारबाही गर्नुपर्ने र गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने माग गर्दै नाराबाजी गरेका हुन् ।

सभामुख देवराज घिमिरेले आजको बैठक सुरु भएको जानकारी गराएलगत्तै प्रतिपक्षी दलहरु आआफ्नो स्थानबाट उठेर संसद अवरुद्ध गरेका थिए ।

Seti Hospital

सत्तापक्षका सांसदहरुले संसद अवरोध गरेर बोल्न रोकेको भन्दै बैठक सन्चालनको माग गरे । त्यसपछि प्रतिपक्षी दलहरुले गृहमन्त्रीविरुद्ध नाराबाजी थालेका हुन् । सभामुख घिमिरेले दलीय आधारमा बोल्न दिने भन्दै बस्न आग्रह गरे पनि सांसदहरुले मानेका छैनन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार