अछाममा बालविवाह गरेका किशोरकिशोरी पक्राउ

अछाम : अछाममा बालविवाहका गरेका किशोरकिशोरीलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार मंगलसेनका एक किशोरले एक किशोरीलाई भगाई सिन्दूर हालेर मन्दिरमा बालविवाह गरेका थिए ।

विवाह गरेर उनीहरू घर फर्कँदै गर्दा स्थानीयवासीले मेल्लेख प्रहरी चौकीमा जानकारी गराएपछि प्रहरी टोली तत्काल खटिएको थियो । प्रहरीले बालविवाहमा संलग्न दुवै किशोरकिशोरीलाई नियन्त्रणमा लिएर अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय अछाममा ल्याइएको जनाएको छ । 

Seti Hospital

उनीहरूमाथि बालविवाहसम्बन्धी अपराधअन्तर्गत मुद्दा दर्ता गरिएको छ ।  पाँच दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी इश्वरीप्रसाद भण्डारीले जानकारी दिए । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार