प्रहरी नै प्रहरीको फन्दामा परेपछी……

धनगढी । धनगढीमा लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर) सहित एक प्रहरी जवान पक्राउ परेका छन्।

लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी र वडा प्रहरी कार्यालयको संयुक्त टोलीले मंगलबार नेपाल प्रहरीका एक जवानलाई लागूऔषधसहित पक्राउ गरेको हो।

Seti Hospital

प्रहरीका अनुसार पक्राउ पर्ने गाेदावरी नगरपालिका-९ घर भएका चिरञ्जीवी विसी रहेका छन् ।

उनी सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमै कार्यरत थिए। उनलाई धनगढी उपमहानगरपालिका–२ स्थित सोही कार्यालय बाहिरको सडकबाट पक्राउ गरिएको हो। पक्राउ पर्दा उनको साथबाट ३८० मिलिग्राम हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

dhangadhi Add
Ban karyalaya

समबन्धित समाचार