कञ्चनपुरमा प्रहरी असई कुट्ने हार्डवेयर व्यापारी पक्राउ

कञ्चनपुर । कञ्चनपुरमा प्रहरी असई कुट्ने व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका असई वीर बहादुर चन्दमाथि कुटपिट गर्ने एकजना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा बेलौरी नगरपालिका ८ का राहुल राना रहेको कञ्चनपुर प्रहरीले जनाएको छ । उनलाई मंगलबार साँझ इलाका प्रहरी कार्यालय बेलौरीको प्रहरी टोलीले पक्राउ गरेको हो ।

Seti Hospital

पक्राउ परेका रानाले केही दिनअघि चन्दलाई चेकजाँचका क्रममा कुटपिट गरेका थिए । असई चन्दमाथि भएको कुटपिटको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । कुटपिटमा संलग्न अन्यको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

कुटपिट गर्ने व्यक्ति स्थानीय हार्डवेयर व्यापारी हुन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

dhangadhi Add
Ban karyalaya

समबन्धित समाचार