बैतडी : मेलौली नगरपालिका–०७ काडाँमा रहेको मणिलेक नमुना माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई स्कुल ब्याग वितरण गरिएको छ। कपडा बैंक बैतडी र प्रयास नेपालका अध्यक्ष मनि जोशीको समन्वयमा गरिव र जेहेन्दार विद्यार्थीलाई स्कुल ब्याग वितरण गरिएको कपडा बैंक बैतडीका संयोजक महेश दत्त भट्टले जानकारी दिनुभयो।
बनस्पति विद्यासदन स्कुल नक्साल काठमान्डौको सहयोगमा करिब ७० जना विद्यार्थीलाई स्कुल ब्याग वितरण गरिएको हो। कक्षा १० सम्म अध्ययन गर्ने अति गरिब, जेहेन्दार र स्कुल ब्यगा किन्न सक्ने अवस्था नभएका विद्यार्थीहरुलाई वितरण गरिएको भट्टले बताउनुभयो।
विद्यालयमा अध्ययनरत आर्थीक अवस्था कमजोर भएका विद्यार्थीलाई स्कुल ब्याग वितरण गरेकोमा विद्यालयका प्रधानाध्यापक देबदत्त कलौनीले धन्यबाद ब्यक्त गर्नुभएको छ। कपडा बैंकले असहाय, असक्त तथा आर्थिक अवस्था न्यून भएका व्यक्तिहरूलाई मौसमअनुसार कपडा उपलब्ध गराउने गरेको छ। “हुनेले दिएर सहयोग गरौँ, नहुनेले लगेर सहयोग गरौँ” भन्ने अभियानका कपडा बैंकको शाखा संचालनमा आएको हो।
बैतडीको शाहिलेकमा सञ्चालित कपडा बैंकले मेलौलीमा पनि शाखा सञ्चालन गरेको हो। कपडा बैंकमा कपडा दिएर सहयोग समेत गर्न सकिन्छ।
कपडा बैंकका संयोजक भट्ट गत बिगतदेखी नै समाजसेवामा सकृय ब्यक्ति हुन। बेला बेलामा समाजिक सञ्जाल मार्फत आर्थीक संकलन अभियान सञ्चालन गरेर नाजुक अवस्था भएका ब्यक्तिहरुलाई सहयोग गर्दै आईरहेका छन। भट्टलाई गरिवका भगवान भनेर पनि भन्ने गरिन्छ।
प्रतिक्रिया दनुहोस्