नेदरल्याण्ड्सविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने, नन्दनको डेब्यु, बसिरलाई अवसर

काठमाडौं : स्कटल्यान्डमा जारी आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत मंगलबार नेपालले नेदरल्याण्ड्ससँग खेल्दैछ । खेलअघि भएको टसमा नेपालले पहिले ब्याटिङको निम्तो पाएको छ।

नेदरल्याण्ड्सविरुद्धको खेलअघि नेपाललाई धक्का लागेको छ। स्कटल्यान्ड भ्रमणमा रहेका नेपाली अलराउन्डर गुल्शननकुमार झा र बलर सोमपाल कामी घाइते भएका छन् ।

Seti Hospital

स्कटल्यान्ड भ्रमणका क्रममा मंगलबार नेदरल्यान्ड्सविरुद्ध अन्तिम खेलका लागि प्रशिक्षणका क्रममा दुवैजना घाइते भएको नेपाल क्रिकेट संघ (क्यान) ले जानकारी दिएको छ ।

उनीहरू घाइते भएकाले अब अलराउन्डर बसिर अहमद र बलर नन्दन यादवलाई क्यानले अवसर दिएको छ। टी-२० तर्फ राष्ट्रिय टोलीमा डेब्यू गर्दैछन् ।

अलराउन्डर गुल्सनकुमार झा र तीव्र गतिका बलर सोमपाल कामी घाइते भएपछि मुख्य प्रशिक्षक स्टुअर्ट लले दुई युवा खेलाडीलाई अवसर दिएका हुन् ।

क्यानका अनुसार सोमपालको दायाँ हात र गुल्सनको घुँडामा चोट लागेको छ। त्यसैले यी दुई खेलाडीले नेदरल्यान्ड्सविरुद्धको बाँकी खेल र त्यसपछिको टी–२०आई त्रिकोणीय सिरिजका सम्पूर्ण खेल गुमाउने पक्का भएको छ । त्यहीकारण बसिर र नन्दनलाई अवसर दिइएको छ ।

यसअघि नेपालले स्कटल्यान्डसँग भएका दुईमध्ये एक खेलमा विजयी भएको थियो । लिग–२ मा नेपाल १५ खेलमा १० अङ्कसहित सातौँ स्थानमा छ ।

२२ खेलमा २६ अङ्कसहित दोस्रो स्थानमा रहेको नेदरल्यान्ड्सले पछिल्ला तीन खेलमा पराजयको सामना गरेको छ । अमेरिका २० खेलमा २८ अङ्क सहित शीर्ष स्थानमा छ ।

यो सिरिजमा नेपालले पहिलो खेलमा स्कटल्यान्डविरुद्ध सनसनीपूर्ण प्रदर्शन गर्दै एक बल बाँकी हुँदा एक विकेटको जित निकालेको थियो ।

स्कटल्यान्डविरुद्धकै दोस्रो खेलमा ३२४ रन पछ्याएको नेपाल ३२१ रन बनाउँदै दुई रनले पराजित हुनपुग्यो । नेपालले नेदरल्यान्ड्सविरुद्ध भने अघिल्लो खेलमा १७ बल बाँकी हुँदा पाँच विकेटको जित निकालेको थियो ।

लिग–२ मा अहिले आठ टोलीबीच प्रतिस्पर्धा भइरहेको छ । यो सन् २०२७ मा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकप छनोटको सिरिज हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

dhangadhi Add
Ban karyalaya

समबन्धित समाचार