देशभर गर्मी बढ्यो, जनजीवन प्रभावित

काठमाडौं : सरदरभन्दा झन्डै दुई हप्ता अघि नै मध्य जेठमा मनसुन नेपाल भित्रिए पनि सक्रिय नहुँदा देशभर गर्मी बढेको छ। नेपालगञ्जमा हिजो सबैभन्दा धेरै अधिकतम तापक्रम ४१ डिग्री सेल्सियस पुगेको छ। त्यस्तै धनगढीमा अधिकतम तापक्रम ४० दशमलव २ र भैरहवामा ४० डिग्री सेल्सियस मापन भएको छ। तराई÷मधेसका अरू ठाउँमा पनि तापक्रम केही बढेको छ। काठमाण्डौमा पनि गर्मी बढेको छ।

काठमाण्डौमा हिजोको अधिकतम तापक्रम ३१ दशमलव ६ डिग्री सेल्सियस पुग्यो। पूर्वको कोशीमा मनसुन भित्रिएसँगै एक/दुई दिन सक्रिय पनि भयो। त्यसपछि थप विस्तार हुन सकेन। नेपाल आइपुगेको मनसुन शिथिल बन्दा केही दिनदेखि कोशी प्रदेशमा समेत पानी परेको छैन। पश्चिम र मध्य क्षेत्रमा मनसुन भित्रिन सकेको छैन। हिजो र अस्ति देशका धेरै ठाउँमा टन्टलापुर घाम लाग्यो।

Seti Hospital

मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् शान्ति कँडेलका अनुसार मनसुन देशभर विस्तार हुन अझै हप्ता÷दश दिन लाग्न सक्ने देखिएको छ। आज कोशी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागमा मौसम आंशिकदेखि साधारणतया बदली हुन सक्ने अनुमान छ। भोलिदेखि पानी पार्ने प्रणाली केही सक्रिय हुने र गर्मीबाट राहत पुग्न सक्ने मौसमविदको अनुमान छ।

यसैबीच गर्मी बढेसँगै जनजीवन प्रभावित बन्न थालेको छ। गर्मीका कारण रिङ्गटा लाग्ने, टाउको दुख्ने, ज्वरो आउने, आँखा पाक्नेलगायत स्वास्थ्य समस्या हुन सक्ने डाक्टरले बताएका छन। सकेसम्म दिउँसोको चर्को घाममा घरबाट ननिस्कन र निस्कनै परेमा छाता ओढ्न, शितल छहारीमा बस्न, पानी तथा सर्वत पिउन डाक्टरको सल्लाह छ। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार