दुर्गा प्रसाईँको तर्फका कानुन व्यवसायीको बहस अन्तिम चरणमा

काठमाडौँ : तीनकुनेमा अवाञ्छित गतिविधिमा संलग्न आरोपमा थुनामा रहेका दुर्गा प्रसाईँको तर्फका कानुन व्यवसायीको बहस अन्तिम चरणमा पुगेको छ ।

मंगलबार वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले प्रसाईँको तर्फबाट अन्तिम बहस गर्दै छन् । यसअघि प्रसाईँको तर्फबाट वरिष्ठ अधिवक्ताहरू डा. सुरेन्द्र भण्डारी, टङ्क दुलाल, डा. भीमार्जुन आचार्य, बालकृष्ण न्यौपाने, सुशील पन्त, लव कुमार मैनाली, अधिवक्ता दीपेन्द्र झा, रेनुका देवी सिटौला, दिवस खड्गी, लवान न्यौपाने र अधिवक्ता मनिष पाण्डेले बहस गरेका थिए । 

Seti Hospital

रमन श्रेष्ठले बहस सकेपछि मंगलबारबाट अर्का प्रतिवादी रामेछाप घर भएका तारा राजावादी भन्ने सरोज गौतम तर्फका कानुन व्यवसायीले बहस सुरु गर्ने भएका छन् । 

रामेछापको सुनापति गाउँपालिका वडा नम्बर–१ सिमपानी घर भएका गौतम तीनकुनेमा घर आगजनीमा संलग्न थिए । गौतम सहित दुईजनाले आगजनी गरेको घरमा जलेर पत्रकार सुरेश रजले ज्यान गुमाएका थिए ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा थुनछेक बहस भइरहेको छ । राज्य विरुद्ध र ज्यान सम्बन्धी कसुरका  ५० जना प्रतिवादीहरू मध्ये प्रसाईँ सहित ३९ जना थुनामा छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार