अत्तरियामा कृषि हाटबजार सञ्चालनमा, किसानको उत्पादनले बजार पाउँने अपेक्षा

धनगढी : गोदावरी नगरपालिका–१ अत्तरियामा स्थानीय कृषकको उत्पादनलाई बजारमा प्रत्यक्ष रूपमा जोड्ने उद्देश्यले निर्माण गरिएको कृषि हाटबजार सोमबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। गोदावरी नगरपालिका र जर्मन सहयोग संस्था को संयुक्त लगानीमा झण्डै ४२ लाख रुपैयाँको बजेटमा निर्माण सम्पन्न गरिएको सो हाटबजारको उद्घाटन नगरप्रमुख बिरेन्द्र भट्टले गरेका हुन्।

नगरप्रमुख भट्टले उद्घाटन समारोहमा बोल्दै हाटबजारले कृषकको जीवनस्तरमा प्रत्यक्ष सुधार ल्याउने विश्वास व्यक्त गरे। “यो हाटबजार नगरवासी किसानहरूको उत्पादनलाई स्थानीय स्तरमै बजारीकरण गर्ने, आत्मनिर्भरता बढाउने र आर्थिक समृद्धिको मार्ग खोल्ने महत्वपूर्ण पाटो हो,” उनले भने, “यसबाट उत्पादन र उपभोग बीचको दूरी घट्नेछ, र उपभोक्ताले ताजा तथा सस्तो मूल्यमा स्थानीय उत्पादन खरिद गर्न सक्नेछन्।”

Seti Hospital

उनका अनुसार हाटबजार पारदर्शी, व्यवस्थित र निर्धारित कार्यविधिअनुसार सञ्चालन हुनेछ र नगरपालिकाले यस्ता कार्यक्रमलाई निरन्तर प्रोत्साहन दिनेछ। गोदावरी नगरपालिकाले हालसम्म १५ हजार कृषक परिचयपत्र वितरण गरिसकेको जानकारी दिँदै भट्टले किसानले आफ्ना तरकारी तथा कृषि उपज हाटबजारमा आफैं बिक्री गर्न सक्ने र बिचौलियाबाट छुटकारा पाइने बताए।

हाटबजार सञ्चालनसँगै कृषकको उत्पादकत्वमा वृद्धि, आय आर्जनको स्रोतमा विस्तार र आत्मसम्मानपूर्वक कृषिमा लाग्ने वातावरण बन्ने अपेक्षा गरिएको छ। ताजा, सुरक्षित र विषादीमुक्त तरकारीको पहुँच स्थानीय उपभोक्तासम्म सहज रूपमा पुर्‍याउने लक्ष्य लिएको यो पहलले नगरको समग्र आर्थिक चक्रलाई समेत सबल बनाउने विश्वास गरिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Ban karyalaya

समबन्धित समाचार