३० मिनेटलाई स्थगित भयो संसद् बैठक

काठमाडौँ : प्रतिनिधिसभाको आजको बैठक सुरु भएलगत्तै ३० मिनेटलाई स्थगित भएको छ।  भिजिट भिसा प्रकरणलाई लिएर विपक्षीले गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै सदन अवरुद्ध पारेका हुन्।  

विपक्षीले उठेर टेबुल ठोक्दै विरोध जारी राखेपछि सभामुख देवराज घिमिरेले ३० मिनेटका लागि बैठक स्थगित भएको सूचना पढेर सुनाए।  

Galaxy

आज दिउँसो २ बजेका लागि डाकिएको बैठक डेढ घण्टा ढिला गरी सुरु भएको थियो। ढिला सुरु भएको बैठक पनि नियमित कार्यसूचीमा प्रवेश गर्न सकेन।  

बैठकमा सभामुख घिमिरेले सदन सञ्चालनको वातावरण बनाउन अनुरोध गर्दै दलीय आधारमा बोल्न दिने बताएपछि विपक्षीले टेबुल ठोक्दै होहल्ला गरेका थिए।  

विपक्षीहरूले उच्चस्तरीय छानबिन समिति गठनको माग गरे पनि सत्तापक्ष भने यसमा तयार भएको छैन। जेठ १३ गतेदेखि यता लगातार सदन अवरुद्ध छ। विपक्षीले जेठ १५ गते बजेट ल्याउन भने सदन सञ्चालनमा अवरोध गरेका थिएनन्।  

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार