करेन्ट लागेर बर्दियाका दुई जनाको मृत्यु

बर्दिया : बर्दियामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ। करेन्ट लागेर बाँसगढी नगरपालिका र  बढैयाताल गाउँपालिकामा गरेर दुई जनाएको मृत्यु भएको प्रहरीले जनाएको छ। 

मृत्यु हुनेमा बाँसगढी -९ माछागढका ५७ वर्षीय राजेन्द्रजङ्ग शाह र गुलरिया नगरपालिका–१२ भैसाही बस्ने २१ वर्षीय वीरेन्द्र थारु रहेका जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।

आइतबार शाहलाई आफ्नै खेतमा धानको बिउमा पानी लगाउन मोटर चलाउने क्रममा करेन्ट लाग्दा मृत्यु भएको हो।  त्यसैगरि बढैयाताल गाउँपालिका–९ कान्तिपुरमा घर बनाउने क्रममा करेन्ट लाग्दा थारुको मृत्यु भएको प्रहरीले जनाएको छ। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार