पर्यटकीय हब बन्दै डोटीको ‘बुडर झरना’

भक्तराज जोशी

डोटी । सुदूरपश्चिमको डोटी जिल्लाको बुडर क्षेत्रमा अवस्थित ‘बुडर झरना’ पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बन्दै गएको छ । जिल्ला सदरमुकामबाट झण्डै १० किलोमिटर दूरीमा पर्ने यो झरना प्राकृतिक सुन्दरता र धार्मिक आस्थाको संयोजन भएको स्थलका रूपमा परिचित हुँदै गएको छ ।

करीब १०० मिटर उचाइबाट झर्ने पानीको धार, हरियाली जंगलले घेरिएको परिवेश र शीतल मौसमले गर्दा छहरा झरना विशेषतः गर्मी याममा स्थानीय तथा बाहिरी आगन्तुकका लागि उपयुक्त गन्तव्य बन्न थालेको छ । स्थानीय बासिन्दाका अनुसार माघ र बैशाख महिनामा धार्मिक विश्वासका आधारमा स्नान गर्ने परम्परा समेत रहिआएको छ ।

Seti Hospital

जोरायल गाउँपालिका–३ मा पर्ने यो झरनामा पुग्नका लागि हालै गाउँपालिकाले पदयात्रा मार्ग निर्माण गरेको छ । यस्तै, झरना नजिकै विश्राम स्थल, खानेपानी र सूचना बोर्ड जस्ता आधारभूत पूर्वाधार विकासमा समेत जोड दिइएको छ ।

पर्यटन व्यवसायीको अपेक्षा
स्थानीय पर्यटन व्यवसायीहरूले झरना क्षेत्रको प्रवद्र्धनले डोटीको आर्थिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् । उनीहरूका अनुसार झरना नजिक होमस्टे, रेष्टुरेन्ट र हस्तकला सामग्री बिक्रीजस्ता कार्यले रोजगारी सिर्जना गर्न सक्नेछन् ।

यसै पनि झरनाकै कारणले यसक्षेत्रको व्यापार व्यवसाय चलायमान बनेको स्थानीय व्यापारीहरु बताउँछन् । अर्कोतर्फ झरना हेर्न आउनेहरु बढेपछि स्थानीयहरुले व्यापार व्यवसायमा पनि लगानी बढाउँदै लगेका छन् । यसले पनि यस क्षेत्रको व्यवसाय चलायमान हुनुका साथै समग्र क्षेत्रको आर्थिक समृद्धिमासमेत टेवा पुगेको व्यवसायीहरुले बताएका छन् ।

यद्यपि केही आधारभूत संरचना विकास भए पनि यातायातको सुविधा, सुरक्षित सवारी मार्ग, सञ्चार पहुँच र नियमित प्रचारको अभावले गर्दा सम्भावना अनुसार पर्यटकको चाप अझै बढ्न सकेको छैन ।

यदि यस क्षेत्रको विकास, प्रवद्र्धन र प्रचारमा ध्यान दिने हो भने भविष्यमा राम्रो नतिजा आउन सक्ने अपेक्षा गरिएको छ । डोटीको सीमावर्ती क्षेत्रमा रहेको छहरा झरना पर्यटन विकासको सम्भावना बोकेको प्राकृतिक उपहार हो । सरकार र निजी क्षेत्रको सहकार्यमा यसको समुचित व्यवस्थापन र प्रचारप्रसार गरिएमा डोटी जिल्ला सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्य बन्ने सम्भावना छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Ban karyalaya

समबन्धित समाचार