बेहडाबाबामा खुलेआम रक्सीको व्यापार, दिउँसै बेचिन्छ लोकलदेखि ‘ब्रान्डेड’ रक्सी

भक्तराज जोशी

धनगढी । सुदूरपश्चिम प्रदेशसहित आसपासका प्रदेश र छिमेकी मुलुक भारतको सीमावर्ती क्षेत्रमा निकै प्रसिद्द बेहडाबाबा मेला धनगढीमा चलेको थियो । गंगा दशहराको अवसरमा हुने उक्त मेलामा दैनिक हजारौँ दर्शनार्थी पुग्ने गर्छन ।

बेहडाबाबा मन्दिरको दर्शन त प्रमुख नै भयो त्यसबाहेक रात्रीकालीन मेला समेत चल्ने हुँदा यहाँ मेलाको रमाइलो पनि बेग्लै छ । तर बेहडाबाबाको महत्व र आस्था जति छ, त्यसअनुसारको व्यवस्थापन भने यसपालि हुन सकेको छैन । झन खुलेआम रक्सीको व्यापारले मेलालाई थप अशोभनीय र उच्छृङ्खल बनाएको छ ।

Seti Hospital

त्यसो त बेहडाबाबा मेलामा गतवर्ष पथरी शिवगङ्गा पुलदेखि मेला परिसर वरपरका गाउँमा पनि रक्सीको प्रयोग तथा बिक्रीमा प्रतिबन्ध लगाइएको थियो ।

त्यसबेला प्रतिबन्धित क्षेत्रमा अनुगमन गरिनुका साथै रक्सीजन्य पदार्थ बेचबिखन गर्नेलाई कारवाहीसमेत गरिएको थियो । तर यसवर्ष भने यी क्षेत्रमा खुलेयाम रक्सीको व्यापार चलेको छ । तर न अनुगमन भएको छ, न रक्सीको व्यापार गर्नेलाई कारवाही गरिएको छ ।

बरु खुलेयाम रक्सीको व्यापार हुँदा पनि धनगढी उपमहानगरपालिका र बेहडाबाबा मन्दिर समिति मौन छ । यसले मेला झनै उच्छृङ्खल बनेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Ban karyalaya

समबन्धित समाचार