कैलालीमा अटो रिक्सा दुर्घटना हुँदा एक बालकको मृत्यु।

कैलालीमा अटो रिक्सा दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ । लम्की चुहा नगरपालिका–१ भुरुवामा सुपप्र०१–००१ ह ५१४८ नम्बरको अटो रिक्सा  दुर्घटना हुँदा स्थानीय अटो रिक्सा चालक भरत साउँदका नाति १० महिनाको आयुष साउँदको मृत्यु भएको हो ।

अटो रिक्सा  अनियन्त्रित भएर भएको दुर्घटनामा घाइते भएका बालकको उपचारका क्रममा शनिवार साँझ टीकापुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

SHIKHAR COOL TECH

दुर्घटनामा सोही अटोमा सवार लम्कीचुहाका  ४२ वर्षका प्रकाश गिरी र टेकराज साउँद घाइते भएका छन् । घाइते दुवै जनाको लालरत्न अस्पताल लम्कीमा उपचार भइरहेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार