धनगढी उपमहानगरपालिका–१३ मोहनपुरस्थित धनगढी–अत्तरिया सडकखण्डमा आइतवार बिहान साढे ६ बजे अत्तरियातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१०१२ प ४६४८ नम्बरको स्कुटर अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा स्कुटर चालक धनगढी–७ मनेहरा बस्ने ३५ वर्षीय छोटेलाल चौधरीको मृत्युु भएको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले बताए।
उनकाअनुसार स्कुटर अनियन्त्रित भई सडकको डिभाइडरमा ठोकिँदा दुर्घटना भएको हो। दुर्घटनामा घाईते भएका चौधरीलाई उपचारको लागि माया मेट्रो अस्पताल धनगढी लगिएको थियो। तर चिकित्सकले उनलाई मृत घोषण गरेको सिंहले जानकारी दिए। उनकाअनुसार स्कुटर पछाडि सवार धनगढी–१२ बस्ने ३२ वर्षीया सिता कुश्मी घाइते भएकी छन्। उनको पनि माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ
प्रतिक्रिया दनुहोस्