धनगढी र भजनीबाट भन्सार छलीका सामान बरामद

भक्तराज जोशी

धनगढीः कैलालीको धनगढी र भजनीबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

धनगढी–३ त्रिनगर ब्यारेल, धनगढी–९ त्रीवेणीघाट, धनगढी–१५ कनरी सामुदायिक वन र भजनी–३ पडरीयाबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य १ लाख १८ हजार ५५० बराबरको सामान बरामद गरिएको हो।

विज्ञापन

भन्सार छलीको चिनी, बिडी, सरप, बिस्कुट, पास्ता, बोष्टन फास्टर जिङ्क, फास्ट जिङ्क, छाता, प्लाष्टिक डोरी लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार