विपक्षी दलहरूको बैठक बस्दै, संसदको अवरोध र भिजिट भिसा प्रकरणमा छलफल हुने

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहितका विपक्षी दलहरूको बैठक बस्दैछ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद भवनस्थित आफ्नो कार्यकक्षमा आइतबार मध्याह्न १२ बजे बस्ने गरी बैठक बोलाएका हुन् ।

Seti Hospital

भिजिट भिसा प्रकरणमा विपक्षीहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा मागेर सदन अवरोध गरिरहेको अवस्थामा बैठक बस्न लागेको हो ।

पछिल्लो समय प्रमुख प्रतिपक्षी माओवादीले गृहमन्त्रीको राजीनामाको अडान छाडेर छानबिन समिति बनाउने प्रतिवद्धता आए सदनको अवरोध खुलाउने सङ्केत गरेको छ ।

सहमतिको प्रयासस्वरूप प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासँग संवाद बढाएका छन् । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Ban karyalaya

समबन्धित समाचार