धनगढी । शनिबार कैलालीको टिकापुरमा एक प्रहरीद्वारा महिलामाथी भएको दुर्व्यवहारको भिडियोले सामाजिक संजाल तात्यो ।
भिडियोमा सादा पोशाकमा रहेका सत्ती प्रहरी चौकीका इन्चार्ज यज्ञराज पन्तले एक महिलालाई दुर्व्यवहार गरेको देखिन्छ । सो भिडियोमा पन्त र ती महिलाबीच विवाद भएको पनि प्रष्ट सुनिन्छ । त्यसको केही समयपछी सामाजिक संजालमा अर्को भिडियो सार्वजनिक हुन्छ । जुन भिडियोमा महिला प्रहरिसँग ’तँ’, ’तँ’ भन्दै बोलेको सुनिन्छ ।
उक्त भिडियो सार्वजनिक भएपछि धेरैले फरक फरक टिप्पणी गरेका छन् । तर प्रहरीद्वारा दुर्व्यहारमा परेकी राजकुमारी कुँवर शाहले भने प्रहरीलाई ‘तँ’ भनेको भिडियो दुर्व्यवहारपछिको भएको दाबी गरेकी छिन् ।
कल २४ न्युजको सम्पर्कमा आएकी शाहले आफूले चलाएको स्कुटर सादा पोशाकमा रहेका प्रहरीले बच्चाले चलाएको भन्दै झुठो आरोप लगाएपछि विवाद सुरु भएको बताइन् ।
आफूसँग कागजपत्र सबै हुँदाहुँदै प्रहरीले जबरजस्ती गर्न खोजेपछि विवाद भएको शाहको भनाई छ । सोही क्रममा प्रहरीले आफूलाई लछारपछार पार्दै दुर्व्यहार गरेको शाहले बताएकी छिन् । न त्यहाँ ट्राफिक छन्, न मैले गल्ती नै गरेको छु ।, उनले भनिन्, जबरजस्ती गल्ती देखाएर कारवाही गर्न खोजेपछि विवाद भएको हो । त्यहीबीच मैले सबै कागजात देखाउँदा देखाउँदै म माथि दुर्व्यहार गरियो ।
त्यस्तै उनले आफूले प्रहरीलाई तँ तँ भन्दै विवाद गरेको स्वीकारेकी छिन् । तर उक्त विवाद प्रहरीले दुर्व्यहार गरेपछि भएको शाहको दाबी छ । उनले प्रहरीले दुर्व्यवहार गरेपछि आफू जोगिएर भाग्ने क्रममा सो विवाद भएको र सोही क्रममा प्रहरीलाई तँ सम्बोधन गरेर विवाद गरेको बताएकी छिन् ।
उनले आफू प्रहरीबाटै अन्यायमा परेको भन्दै न्यायका लागिसमेत अपिल गरेकी छिन् ।
प्रतिक्रिया दनुहोस्