सुदूरपश्चिम प्रदेश स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २४ र २५ गते हुने

धनगढी । धनगढीमा सुदूरपश्चिम प्रदेश स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुने भएको छ । प्रतियोगिता जेठ २४ र २५ गते हुने भएको हो ।

राष्ट्रिय स्तरको १५औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागीताका लागि खेलाडी छनौट गर्न प्रदेश स्तरीय प्रतियोगिता गर्न लागिएको कैलाली जिल्ला खेलकुद समिति का कार्यालय प्रमुख आश्रम केसीले जनाएका छन् ।

Seti Hospital

उनका अनुसार प्रदेश स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामार्फत राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ्ग शिल्डका लागि खेलाडी छनौट गरिनेछ ।

राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता जेठ २८, २९ र ३० गते काठमाडौँमा सञ्चालन गरिनेछ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Ban karyalaya

समबन्धित समाचार