स्वर्गीय कलाकार गौतमको परिवारलाई ५० हजार सहयोग

काठमाडौँ : स्वर्गीय हास्यकलाकार धनश्याम गौतमको परिवारलाई चलचित्र विकास बोर्डले ५० हजार रुपैयाँ सहयोग गरेको छ । बोर्ड अन्तर्गत चलचित्रकर्मी कल्याणकारी कोषमार्फत उक्त सहयोगी गरिएको छ ।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, चलचित्र कल्याणकारी कोषकी संयोजक वसुन्धरा भुसाल, सदस्यहरू एवं चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, तथा कलाकार रवीन्द्र खड्काको टोली पशुपतिस्थित क्रियापुत्री भवनमा पुगेर उक्त उनको परिवारलाई उक्त सहयोग  गरेका हुन्।

SHIKHAR COOL TECH

यसअघि पनि गौतमको उपचारका क्रममा बोर्डले कल्याणकारी कोषमार्फत एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको थियो। क्यान्सरका कारण गौतमको जेठ १९ गते राति ११ः४५ बजे भक्तपुर ताथलीस्थित क्यान्सर अस्पतालमा उपचारको समय निधन भएको थियो।

झापा गौरादहमा जन्मिएर नेपाली हास्य–व्यङ्ग्य क्षेत्रमा ‘नक्कली प्रचण्ड’का रूपमा लोकप्रियता कमाएका गौतम विगत केही वर्षदेखि काठमाडौँको भक्तपुर कटुन्जेमा परिवारसहित बसोबास गर्दै आएका थिए।

चलचित्र विकास बोर्ड अन्तर्गतको चलचित्र कल्याणकारी कोषमार्फत अप्ठ्यारोमा परेका कलाकार तथा चलचित्रकर्मी वा तिनका परिवारलाई सहयोग पुर्‍याउने उद्देश्यअनुसार यो राहत प्रदान गरिएको चलचित्र विकास बोर्ड अध्यक्ष दिनेश डिसीले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार