बाजुरा प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्यु

बाजुराः जिल्ला प्रहरी कार्यालय बाजुराको हिरासतमा रहेका एक थुनुवाको मृत्यु भएको छ।

जिल्लाको खप्तड छेडेदह गाउँपालिका–३ धनाल्तका ४२ वर्षीय जङ्गबहादुर रावतको उपचारको क्रममा मृत्यु भएको हो।

रावत अभद्र व्यवहारसम्बन्धी मुद्‍दामा पक्राउ परेका थिए। हिरासतमा रहेका बेला स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो। पेट दुःखेको गुनासो गरेपछि अस्पताल पु¥याइएका रावतको बुधवार साँझ उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

प्रहरीले घटना सम्बन्धमा आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार