नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजावादीहरूको आन्दोलन तुहिएको दाबी गरेका छन् ।
बिहीबार जनकपुर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै सभापति देउवाले राजावादीहरूको आन्दोलन तुहिसकेको बताएका हुन् । ‘देशमा यत्रो ठूलो परिवर्तन आएको छ । अब राजावादीले आन्दोलन गरेर हुँदैन । राजावादीको आन्दोलन समाप्त भयो, तुहिइसक्यो,’ देउवाले भने ।
कांग्रेस-एमाले गठबन्धनको सरकारले राम्रो काम गरिरहेको देउवाको भनाइ छ । सभापति देउवाले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने आवश्यकता नरहेको पनि बताए । उनले संसदको गतिरोध हटाउने विषयमा छलफल भइरहेको पनि बताए ।
मधेश प्रदेशमा पनि गठबन्धन दलको सहमतिअनुसार सरकार परिवर्तन हुने उनले बताए ।
प्रतिक्रिया दनुहोस्