मोटरसाइकल मोडिफाई गर्ने ६६ चालक कारबाहीमा

चितवन- जिल्ला प्रहरी कार्यालय चितवनले मोटरसाइकलको स्वरुप परिवर्तन (मोडिफाई) गरी होहल्ला गर्ने मोटरसाइकल चालकहरूलाई कारबाही गर्ने अभियान तीव्र बनाएको छ।

बुधबार चितवनमा पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी कार्यालय चितवनले एक महिनाका अवधिमा मोडिफाई गरी मोटरसाइकल चलाउने ६६ चालकलाई नियन्त्रणमा लिएर जरिबाना र सचेतना प्रदान गरी छाडिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्द पुरीले जानकारी दिए।

उक्त मोटरसाइकल चालकबाट सात लाख ६८ हजार रूपैयाँ जरिबाना असुल गरेको उनले बताए। पुरीले जिल्लामा प्रहरी शान्ति सुरक्षा कायम गर्ने सिलसिलामा २८ वर्ष ८ महिना कैद सजाय र १० लाख ३७ हजार जरिबाना भएका १३० जना फरार प्रतिवादी पक्राउ गरी अदालतमा उपस्थित गराएको जानकारी दिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार