तीनकुने घटना प्रकरण : दुर्गा प्रसाईंसहित ३९ जना प्रतिवादीविरुद्ध दोस्रो दिनको थुनछेक बहस जारी

काठमाडौं : चैत्र १५ गते तीनकुनेमा भएको राजावादीको हिंसात्मक आन्दोलनमा संलग्न दुर्गा प्रसाईंसहित ३९ जना प्रतिवादीविरुद्ध थुनछेक बहस जारी छ। जिल्ला अदालत काठमाडौंमा बुधबारदेखि थुनछेक बहस सुरू भएको हो। न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा प्रसाईंसहित ३९ जना प्रतिवादीको थुनछेक बहस भइरहेको हो। थुनछेक बहस सकिएपछि प्रसाईंसहितका प्रतिवादीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने कि धरौटीमा छाड्ने भन्ने आदेश आउनेछ।

राज्यविरुद्धको कसूरका ५० जना प्रतिवादीमध्ये ३९ जना प्रहरी हिरासतमा छन्। उनीहरूविरुद्ध राजद्रोह,अपराधिक उपद्रव,कर्तव्य ज्यान,ज्यान मार्ने उद्योग र संगठित अपराधमा मुद्दा दायर भएको हो। ५० जना प्रतिवादीमध्ये ११ जना धरौटीमा छुटिसकेका छन्। 

SHIKHAR COOL TECH

जिल्ला प्रहरी परिसर काठमाडौंले तीनकुने घटनाको अनुसन्धान प्रतिवेदन जेठ ९ गते जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो। त्यसपछि  सरकारी वकिलको कार्यालयले अदालतमा मुद्दा दर्ता गरेको हो।

प्रसाईं राजावादीले गरेको हिंसात्मक प्रदर्शनका मुख्य कमाण्डर थिए। १५ चैत्रको प्रदर्शनका नाममा हिंसा भड्काएर उनी फरार भएका थिए। पछि प्रहरीले प्रसाईं र उनका अंगरक्षक दिपक खड्कालाई झापाको भद्रपुरबाट पक्राउ गरी काठमाडौं ल्याएको थियो।

राजावादीको हिंसात्मक प्रदर्शनमा प्रसाईले प्रहरीलाई कुल्चने गरी गाडी कुदाएका थिए। उनका समर्थकहरूले विभिन्न सार्वजनिक तथा निजी भवन,सञ्चारगृह र व्यापारिक केन्द्रमा ढुंगामुढा,आगजनी,तोडफोड र लुटपाट गरेका थिए। हिंसात्मक घटनामा परी एकजना पत्रकारसहित दुईजनाको ज्यान गएको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार