विद्यार्थीलाई समाज परिवर्तन बुझाउन विद्यालय विद्यालयमा तस्बिर प्रदर्शनी

काठमाडौँ : सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई नेपालका विगतका सामाजिक संरचना, जीवनशैली, संस्कार, संस्कृति र प्रयोग गरिएका सामग्रीबारे जानकारी दिने उद्देश्यले तस्बिर प्रदर्शनी आयोजना गरिएको छ।

बाफलस्थित ज्ञानोदय माध्यमिक विद्यालयबाट सुरु गरिएको प्रदर्शनी त्रिपुरेश्वरको विश्व निकेतन माध्यमिक विद्यालय र बानेश्वरको रत्न राज्य माध्यमिक विद्यालयसम्म पुगेको छ।

Seti Hospital

आगामी दिनमा महाराजगञ्जको शिवपुरी माध्यमिक विद्यालय र वडा नं. २५ स्थित कन्या माध्यमिक विद्यालय, न्होखामा पनि प्रदर्शनी सञ्चालन गरिनेछ।

नेपाल फोटो फाउन्डेसनद्वारा काठमाडौँ महानगरपालिकाको सहयोगमा आयोजना गरिएको उक्त प्रदर्शनी पठनपाठनमा असर नपर्ने र विद्यार्थीलाई आर्थिक भार नपर्ने गरी सञ्चालित भएको महानगरका शिक्षा अधिकारी गोविन्दप्रसाद शर्माले जानकारी दिए।

प्रदर्शनीमा नेपालको शिक्षा, यातायात, संस्कृति, चाडपर्व, दैनिक जीवनशैली, ऐतिहासिक घटना, नेपाली मुद्रा तथा सिक्कालगायत २८० वटा तस्बिर प्रदर्शनमा राखिएका छन्।

तीमध्ये ८० तस्बिर ‘पहिले र अहिले’ शीर्षकमा समाजको रूपान्तरण देखाउने किसिमका छन् भने ६३ वटा तस्बिर नेपाली फोटोग्राफरहरूले खिचेका हुन्।

कार्यक्रमका संयोजक जीवन नेपालका अनुसार ‘हिजोको नेपाल’ नामक अभियानअन्तर्गत वि.सं. १९२० देखि हालसम्म खिचिएका दुर्लभ तस्बिरहरू समेटिएको यो प्रदर्शनीले विद्यार्थीहरूमा नेपाली समाज समयसँगै कसरी परिवर्तन हुँदै आएको छ भन्ने विषयमा जीवन्त अनुभूति गराउँछ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार