कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–११ मा तीन महिने आधारभूत कम्प्युटर तालिम सफलतापूर्वक सम्पन्न भएको छ ।
स्थानीय युवालाई डिजिटल सीप प्रदान गरी आत्मनिर्भर बनाउने उद्देश्यसहित सञ्चालित तालिममा ६० जना सहभागीले प्रमाणपत्र प्राप्त गरेका छन् । तालिम देवल इन्स्टिच्युट अफ टेक्नोलोजीसँगको सहकार्यमा सञ्चालन गरिएको हो ।
समापन समारोह वडा अध्यक्ष प्रकाश थापाको सभाध्यक्षता र नगर प्रमुख पदम बोगटीको प्रमुख आतिथ्यमा सम्पन्न भयो। नगर प्रमुख बोगटीले डिजिटल साक्षरताको वर्तमान युगमा अपरिहार्यता औँल्याउँदै यस्ता तालिमले युवाको भविष्य उज्वल बनाउन सहयोग गर्ने बताएका छन् ।
वडा अध्यक्ष थापाले तालिमले युवामा प्रविधि प्रयोग र आत्मनिर्भरता बढाउने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि सीप तथा शिक्षा सम्बन्धी कार्यक्रम निरन्तर सञ्चालन गरिने प्रतिबद्धता जनाए ।
स्थानीय बासिन्दाले वडा अध्यक्ष थापाको नेतृत्वमा वडा नम्बर ११ ले शिक्षा र सीप विकासमा देखाएको सक्रियता र प्रतिबद्धताको प्रशंसा गरेका छन् । तालिमले युवालाई प्राविधिक रूपमा सशक्त बनाउँदै रोजगार र अवसरतर्फ अघि बढ्न मद्दत गरेको सहभागिहरूले बताएका छन् ।
प्रतिक्रिया दनुहोस्