कोरोनाको त्रासः विगत सम्झेर तयारी गर्ने की ?

भक्तराज जोशी

धनगढी । कुनै बेला कोरोना भनेपछि सबैको सातो जान्थ्यो । अझ कोरोना संक्रमित भनेपछि सिङ्गो गाउँ नै थरर हुन्थ्यो ।

कोरोनाको त्रास देशभर यस्तो थियो, मानौँ कोरोना केवल भाइरस वा रोग होइन, काल हो । अझ संसारकै शक्तिशाली भनिएका देशहरुले पनि कोरोनाका अगाडि घुँडा टेकेपछि नेपालजस्तो विकासोन्मुख देशमा त्रास र भयले सीमा नाघेको थियो ।

Seti Hospital

अर्कोतर्फ भारतसँग खुला नाका जोडिएको कैलाली लगायतका सुदूरपश्चिमका जिल्लामा जोखिम उच्च थियो । समयमा तयारी गर्न नसक्दा सुदूरपश्चिमेली जनताले कोरोना कालमा ठूलै सास्तीको सामना गर्नुपर्यो । धन्न स्थानीय तहहरुले कोरोनाकालमा राम्रै भूमिका खेले । पछि बिस्तारै कोरोनालाई आम नागरिकले बिर्सँदै गए ।

तर अहिले पुनः कोरोनाको त्रास बजारमा सुरु भएको छ । दिनमै यति जनामा कोरोना देखियो रे भन्दै सामाजिक सञ्जाल रङ्गिँदा त्यसले जनमानसमा थप दुविधा र भय सृजना गरेको छ ।

भलै पछिल्ला दिनमा कोरोना संक्रमण पुष्टि भएका र कोरोना लागेर कसैले ज्यान गुमाएका जस्ता समाचार तथा सूचनाको आधिकारिकता पुष्टि भएको छैन । तथापि नागरिकमा छुट्टै डर भने पैदा भएको छ ।

कामना गरौँ, यो डर केवल मनको डरमा मात्रै सिमित रहोस् । तर त्यसो नहोला भन्न सकिने अवस्था शून्य भएको भने होइन । त्यसबेला पनि कोरोना माहामारी भविष्यमा पुनः देखिन सक्ने आँकलन थुप्रै वैज्ञानिक वा अनुसन्धान केन्द्रहरुले दाबी गरेका थिए ।

यो हल्ला, हल्ला मात्रै रह्यो भने कुरै सकियो । तर यथार्थमा परिणत भएको दिन अवस्था के होला भन्नेतर्फ पनि सोच्नुचाहिँ जरुर पर्छ । अहिले छिटपुट रुपमा आएका समाचार तथा सूचनाहरुलाई सरकार वा सम्बन्धित निकायले नजरअन्दाज गर्नुहुँदैन । बरु त्यसको सम्भावित जोखिमलाई बेलैमा ख्याल गरेर पूर्वतयारी गर्नुपर्छ । नाकालाई व्यवस्थित बनाइनुपर्छ । स्वास्थ्य संस्था वा स्वास्थ्य उपकरणमा प्राविधिक परिवर्तन गर्नुपर्छ । आवश्यक पर्दा क्वारेन्टाइन, आईसोलेसन वा अक्सिजनको अभाव नहुनेगरी पूर्वाधार विकास गरिनुपर्छ ।

यी बाहेक गर्नुपर्ने अरु थुप्रै ठाउँहरु पनि छन् । त्यसबारे पनि सोच्नुपर्छ । जब पर्यो राती, तब बुढी ताती भन्ने उखानकै पारा भयो भने अवस्था हिजोको भन्दा विकराल बन्न सक्छ । त्यसतर्फ सोच्नुपर्छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Ban karyalaya

समबन्धित समाचार