रेडक्रसले भन्यो– गाजाको अवस्था नर्कभन्दा पनि खराब छ

काठमाडौं : रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी) का प्रमुख मिर्जाना स्पोलजारिकले गाजा पृथ्वीमा नर्कभन्दा पनि खराब भएको बताएकी छन्।  

जेनेभाको मुख्यालयमा बीबीसीसँगको अन्तर्वार्तामा स्पोलजारिकले गाजामा मानवता पूर्ण रूपमा हराएको बताएकी हुन्।  

उनले भनिन्,‘देशहरूले यो युद्ध अन्त्य गर्न, प्यालेस्टिनीहरूको पीडा अन्त्य गर्न र इजरायली बन्धकहरूलाई रिहा गर्न पर्याप्त काम गरिरहेका छैनन्।’

स्पोलजारिकले प्यालेस्टिनीलाई मानवीय मर्यादाबाट वञ्चित गरिएको र अन्तर्राष्ट्रिय मानवीय कानुनको अवमूल्यन भइरहेको बताइन्। गाजामा भइरहेको गतिविधि कानुनी, नैतिक र मानवीय मापदण्डले स्वीकार गर्न नसकिने उनले बताइन्।  

आईसीआरसी युद्ध क्षेत्रहरूमा काम गर्ने एक अन्तर्राष्ट्रिय संस्था हो। गाजामा यसका करिब १३० कर्मचारी छन्। जसमध्ये धेरैजसो प्यालेस्टिनी छन्।

सोमबार गाजामा रहेको राहत केन्द्र नजिकै इजरायली गोलीबारीमा कम्तीमा २७ प्यालेस्टिनीको मृत्यु भएको छ। यो जानकारी गाजाका स्थानीय अधिकारीहरूले दिएका हुन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार