बेहडाबाबा मेलामा जान उपमहानगरको नि:शुल्क बस सेवा

धनगढी: गङ्गादशहरामा लाग्ने बेहडाबाबा मेलाका लागि धनगढी उपमहानगरपालिकाले नि:शुल्क बस सेवा सञ्चालन गर्ने भएको छ। मेला भर्न जाने सर्वसाधारणको सुविधाका लागि नि:शुल्क बस सेवा सञ्चालन गरिन लागेको हो।

धनगढी -१६ मा रहेको बेहडाबाबा मेलाको भोलि जेष्ठ २२ गते मुख्य दिन हो। मन्दिर दर्शन गर्न जाने सर्वसाधारणलाई सुविधा होस् भनेर नि:शुल्क बस सेवा सञ्चालन गरिने नगर प्रमुख गोपाल हमालले बताए। उनले यात्रुको सुविधाका लागि धनगढी -१७ शिवगङ्गा नदिदेखि बेहडाबाबा मन्दिरसम्म बुधवार राति १२ बजेदेखि बिहिवार साँझसम्म तीर्थालु भक्तजनहरूको सहजताका लागि नि:शुल्क बस सञ्चालन गरिने बताए।

Seti Hospital

बेहडाबाबा मन्दिर जाने सडक साँघुरो भएकाले यात्रुहरू जाममा पर्ने समस्या समाधान गर्न नि:शुल्क बस सेवा प्रदान गर्ने नगर प्रमुख हमालले बताए। नगर बसबाट सर्वसाधारणलाई नि:शुल्क बस सेवा दिइने नगर प्रमुख हमालले भिडियो सन्देशमार्फत जानकारी दिएका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Ban karyalaya

समबन्धित समाचार