चन्द्रागिरिमा पूर्वीय दर्शन र आधुनिक सीप समेट्दै ३५ करोड लगानीमा स्कुलको शिलान्यास

काठमाडौं : समृद्ध पूर्वीय जीवनदर्शन र आधुनिक २१औँ शताब्दीका सीप समेट्ने उद्देश्यका साथ चन्द्रागिरि नगरपालिका- ७ महांकाल ब्याडमिन्टनस्थित एसभीएएन स्कुलको शिलान्यास गरिएको छ ।

नगरप्रमुख घनश्याम गिरीको प्रमुख आतिथ्यमा सम्पन्न शिलान्यास कार्यक्रममा शिक्षा, समाजसेवा र सामुदायिक क्षेत्रका विभिन्न विशिष्ट व्यक्तिहरूको उल्लेखनीय उपस्थिति थियो । 

Seti Hospital

कार्यक्रममा राष्ट्रिय निजी तथा आवासीय विद्यालय संघ नेपाल (एनप्याब्सन) की अध्यक्ष गीता क्षेत्री राणा, स्यान कलेजका अध्यक्ष डा. सुभाष घिमिरे, आईएनजी ग्रुपका अध्यक्ष सुलभ बुढाथोकी, महांकाल सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष निराजन महत, महांकाल ब्याडमिन्टन हलका अध्यक्ष श्रीहरि थापा, साथै समाजसेवी सूर्य अधिकारी, परशमणि दाहाल र कुमार भट्टराईलगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा स्कुलका कार्यकारी निर्देशक कर्णबहादुर शाहीले विद्यालयको विशेषता र भविष्यका योजनाहरू सार्वजनिक गर्दै, यस शैक्षिक परियोजना नेपाली शिक्षा क्षेत्रमा परिवर्तनको संकेत भएको बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार