राजावादीको बैठकमा लिङ्देनलाई प्रश्न- संसद् चाहिएको भए आन्दोलन किन?

२१ जेठ, काठमाडौं । दोस्रो चरणको आन्दोलन घोषणा गर्न भन्दै राजसंस्था पुनस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले आयोजना गरेको बैठकमा तनाव भएको छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन नआएको भन्दै बैठकमा सहभागी कार्यकर्ताहरूले विरोध जनाउन थालेपछि बैठकस्थलमा केहीबेर तनाव भएको थियो ।

Seti Hospital

समितिका संयोजक नवराज सुवेदीले पहिलो चरणको आन्दोलनको समीक्षा र दोस्रो चरणका आन्दोलन घोषणा गर्ने भन्दै बैठक बोलाएका थिए ।

तर, बैठकको सुरुमै राप्रपा अध्यक्ष लिङ्देन संसद्‌मा व्यस्त रहेको जानकारी गराइयो ।

त्यसपछि कार्यकर्ताहरू होहल्ला गर्दै ‘संसद् चाहिएको भए किन आन्दोलन गर्नुपर्‍यो ?’ भन्न थाले ।

कार्यकर्ताहरू होहल्ला गर्न थालेपछि राप्रपा अध्यक्ष कमल थापाले भने, ‘ तपाईंहरू हल्ला गर्ने हो भने म बोल्दिन, जे मन लाग्यो त्यही गर्नुस् । यसरी बैठक चल्छ ?’

त्यसपछि समितिका संयोजक सुवेदीले सबै नेता कार्यकर्तालाई धन्यवाद दिए ।

‘यो सभालाई विसर्जन गर्नुभन्दा पहिले साथिहरू सबैलाई धन्यवाद दिन चाहन्छु,’ सुवेदीले होहल्लाकै बीचमा भने, ‘तपाईंहरूको उत्साह, जाँगर, विचारप्रतिको विश्वास देखेर म बुढो भए पनि म माथि झनै ऊर्जा थपिएको छ ।’

उनले आफूले नै राम्रा कार्यक्रम ल्याउने जानकारी गराउँदै आजको बैठक अन्त्य भएको घोषणा गरेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार