नेपाल चीनसँग नजिकिँदै छ : भारतीय कांग्रेस

काठमाडौँ– भारतीय कांग्रेस पार्टीका नेता पवन खेडाले नेपाल अहिले चीनसँग नजिकिएको दाबी गरेका छन्। भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको सरकारमाथि प्रहार गर्दै कांग्रेस नेता खेडाले यस्तो दाबी गरेका हुन्।

बुधबार नयाँदिल्लीमा पत्रकार सम्मेलनमा उनले नेपालमा भारतविरोधी भावना बढ्दै गएको आरोप लगाए।

‘नेपालमा अहिले भारतविरोधी भावना देखिन्छ, १० वर्षअघि यस्तो थिएन,’ उनले भने, ‘नेपालमा विनाशकारी भूकम्प आउँदा भारतले सहयोग ग¥यो। तर, आज नेपाल चीनसँग नजिक भइरहेको छ।’

छिमेकीसँग सम्बन्ध बिग्रिनुपछाडि भाजपा नेतृत्वको सरकारको ठूलो हात रहेको उनको भनाइ छ। पाकिस्तान र अन्य देशहरूसँग मिलेर चीनले निर्माण गरिरहेको करिडर रोक्न भारत सरकार असफल भएको खेडाले बताए।

‘पाकिस्तान र अन्य देशहरूसँग मिलेर चीनले बनाइरहेको करिडरविरूद्ध तपाईँहरूले के गर्न सक्नुभयो?’ भारतको केन्द्र सरकारसँग उनले प्रश्न गरे,‘तपाईँहरूले आईएमएफ (अन्तर्राष्ट्रिय कोष) को ऋण रोक्न सक्नुभयो भन्नुस्।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार