पूर्व पञ्चहरूको पिओसोलाई आन्दोलन नियन्त्रणमा खटाइँदै

सरकारले पूर्व गृहमन्त्री भएका आधारमा कमल थापालाई चार जना सुरक्षाकर्मी खटाएको थियो । पूर्वपञ्चहरु निरञ्जन थापा, बुद्धिमान तामाङलाई पनि सोही अनुरूप एक/एक जना सुरक्षा गार्ड खटाएको थियो । राप्रपाका नेताहरु मध्ये पशुपति शमशेर राणा आफ्नै खर्चमा सुरक्षा गार्ड राखेर हिँड्ने गर्छन् । उनलाई सरकारले पनि एक जना सुरक्षाकर्मी उपलब्ध गराएको । उनका साथै केही पूर्व पञ्चहरूलाई सुरक्षा थ्रेट मूल्याङ्कन गरेर सुरक्षाकर्मीहरू खटाउने र हटाउने काम भैरहेका छन् ।

यसपटक पूर्वपञ्चहरुले राजसंस्थाको पुर्नवहालीको माग गर्दै सडकमा आन्दोलन गर्न थालेपछि सरकारले ती सबै सुरक्षाकर्मीलाई फिर्ता गरेर आन्दोलनमा खटाएको छ । अर्थात पहिला उनीहरूको खटिएका सुरक्षाकर्मीलाई अहिले आन्दोलन निस्तेज पार्ने र नियन्त्रणमा लिन खटाएको छ । बुधबार राज्य व्यवस्था समितिको बैठकमा राप्रपाका सांसद बुछिमान तामाङले नियम अनुसार पाइराखेको सुविधामा सरकारले अंकुश लगाएको भन्दै गुनासो गरे ।

Seti Hospital

नियमअनुसार पाउने सुविधामा कटौती भएकोमा गृहमन्त्री रमेश लेखकलाई प्रश्न गरेका थिए । राप्रपा, राप्रपा नेपाल लगायत राजावादीहरूले आन्दोलन सुरु गर्नु अघि नै  निजी सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीहरू फिर्ता बोलाएर नपठाएकोमा सांसद तामाङको गुनासो थियो । उनीहरूको सुरक्षाका लागि खटिएका सुरक्षाकर्मी फिर्ता गरेपछि प्रहरी प्रधान कार्यालयले सामान्य ब्रिफिङका लागि बोलाएको र ब्रिफिङ सकिएपछि फिर्ता गर्ने जनाएको थियो ।

बुधबार राज्यव्यवस्था समितिको बैठकमा गृहमन्त्री रमेश लेखकले व्यवस्था परिवर्तनको आन्दोलनमा लागेका नेताहरुलाई सुरक्षाकर्मी उपलब्ध नहुने जानकारी दिएका थिए । ‘अहिले संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्था छ, गणतन्त्र, संघीयता, लोकतन्त्रबाट पछि फर्किने विषयले फेरि मुलुकलाई अन्धकारमा लैजान्छ, संविधानका आधारभूत व्यवस्था उल्ट्याउने र संविधान फाल्ने काममा कसैलाई पनि लाग्नु हुँदैन, सरकारको धारणा यही हो, गणतन्त्र फाल्न मिल्दैन, हुँदैन, यो संविधान फाल्न मिल्दैन, हुँदैन, त्यसका लागि हुने प्रयत्न निरर्थक छन्, त्यसमा नलागिदिन मेरो सादर अनुरोध छ, सुरक्षाकर्मी फिर्ता गरेको विषय अब हजुरहरूले गर्ने घटनामा सुरक्षा बढ्ता चाहियो, ती सुरक्षाकर्मीहरूलाई तत्कालका लागि यता सुरक्षा दिन राखिएको हो यी घटनाहरू भएनन् भने सुरक्षा पुनः स्थापित गरिन्छ,’ उनले सांसद तामाङको जवाफ दिँदै बैठकमा भनेका थिए । गृहमन्त्री लेखकका अनुसार तत्कालै सुरक्षाकर्मीहरू फिर्ता हुनेछैनन । 

प्रहरी प्रधान कार्यालयले  सुरक्षा महाशाखाले पूर्वउपप्रधानमन्त्रीसमेत रहेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा सांसद बुद्धिमान तामाङ, राप्रपाका पूर्व अध्यक्ष एवं सांसद पशुपति शमशेर राणा, पूर्व मन्त्री एवं सांसद दीपक सिंह, पूर्व मन्त्री एवं सांसद विक्रम पाण्डे, राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाही, पूर्व प्रहरी महानिरीक्षकसमेत रहेका राप्रपा सांसद ध्रुबबहादुर प्रधानलगायतका पीएसओ फिर्ता बोलाएको थियो ।

साथै पूर्वगृहमन्त्रीसमेत रहेका राप्रपा नेपालका अध्यक्ष कमल थापाको पीएसओ पनि फिर्ता बोलाएको थियो । सुरक्षाकर्मी फिर्ता भएपछि राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले संसदमै कुरा उठाएका थिए ।

‘अहिले पूर्वराजावादी संस्थाहरू, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका दल र संस्थाहरूले गरिरहेको घटनाहरूका बारेमा प्रश्न उठेको छ, मेरो आग्रह के हो भने हामी संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थामा छौँ, यो संविधान हाम्रा पूर्वजहरूले धेरै त्याग, तपस्या, बलिदान, शाहदत प्राप्त गरेर र हजुर हाम्रो पुस्ताले धेरै ठूलो लगानी, मेहनत गरेर हामी यो ठाउँमा पुगेका छौँ, यो गणतन्त्रबाट पछि फर्किने, संघीयता, लोकतन्त्रबाट पछि फर्किने, समावेशिताबाट पछि फर्किने विषयले फेरि मुलुकलाई अन्धकारमा लैजान्छ, यसमा हामी सबै स्पष्ट हुन जरुरी छ’, मन्त्री लेखकले सांसद तामाङले राखेको प्रश्नको उत्तर दिएका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार