काठमाडौं : प्रतिनिधिसभाको बैठक आज पनि बस्न नसकेपछि भोलिलाई सारिएको छ । अर्को बैठक भोलि दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।
आज दिउँसो १ बजे बोलाइएको बैठक दलहरूबीच सहमति जुट्न नसकेपछि आजै दिउँसो ३:१५ बजे बस्ने तय गरिएको थियो । तर, यस अवधिमा पनि सहमति नजुटेपछि बैठक भोलिसम्मलाई सारिएको हो ।
यसअघि, मंगलबार पनि बैठक बस्न सकेन । सदन सञ्चालनका लागि सहमति हुन नसक्दा मंगलबार पनि बैठकको समय सारिएको थियो ।
प्रतिक्रिया दनुहोस्