…त्यसपछि राजु पाण्डेको निलम्बनमा खुसी देखिए महानगरका पूर्व सई चुडाल

 काठमाडौं : महानगर प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) राजु पाण्डेको निलम्बनपछि नगर प्रहरीकै पूर्व सई लोकनाथ चुडालले प्रतिक्रिया दिएका छन्। मंगलबार फेसबुकमा पाण्डेको फोटोसहितको स्टाटस लेख्दै चुडालले प्रतिक्रिया जनाए।

उनि लेख्छन् ‘पूर्व नगरप्रहरी महिला हवलदार गंगा उप्रेती बहिनीका आँसुले शीतलता पाएछ, जसलाई जागिर छोड्न बिबश पारिएको थियो। कथित ‘बसन्त’ भन्नेलाई पनि समयले जरूर दण्डित गर्नेछ। दुनियाँले बोक्रा देख्छ, गुदी देख्दैन अत्याचार त पिल्सिएकालाई मात्रै बोध हुन्छ।’

SHIKHAR COOL TECH

यसअघि प्रमुख प्रशासकीय अधिकृतले प्रयोग गर्ने गाडीमा लक गरिएको, कार्यालय प्रवेशमा अवरोध गरिएको, जनप्रतिनिधिलाई अमर्यादित व्यवहार गरेको, प्रमुख प्रशासकीय अधिकृतको कार्यालयमा ताला लगाइएको र हाजिर पुस्तिका कब्जामा लिइएको विषयमा पाण्डेमाथि स्पष्टीकरण सोधिएको थियो। पाण्डेले जेठ १२ गते स्पष्टीकरण बुझाएका थिए।

काठमाडौं महानगरपालिकाले नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरिसकेकाे छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार