एमालेका नेता-कार्यकर्ताको ‘झोला’ मा के छ ?

काठमाडौँ, २१ जेठः सत्तारुढ दल नेकपा एमालेले अहिले ‘झोले’ अभियान चलाइरहेको छ । पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले यो अभियानको सुरुआत गरेका थिए ।

ओलीले सामाजिक सञ्जालमा ‘म झोले हो’ भन्ने पोष्टरसहित सार्वजनिक गरेपछि अहिले पार्टीका अन्य नेता र कार्यकर्ताले पनि त्यही फलो गरेका छन् ।

Seti Hospital

एमालेको यो अभियानप्रति सामाजिक सञ्जालमा चर्को टीकाटिप्पणी भइरहेको बेलामा महासचिव शंकर पोखरेलले एमालेका नेता र कार्यकर्ताको झोलामा के छ ? भन्दै ७ बुँदे प्रष्टीकरण दिएका छन् ।

उनले भनेका छन्, ‘आउनुहोस् ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्नका लागि नेकपा (एमाले) को गौरवपूर्ण झोलालाई गौरवका साथ बोकौँ । प्रतिकृयावादीहरूले नेकपा (एमाले) का विरुद्धमा प्रतिकृयावादी, प्रतिगामी, अराजकतावादी र कम्युनिस्ट विरोधीहरूले सिर्जना गरेका सबै प्रकारका भ्रमहरूबाट नेपाली समाजलाई मुक्त गर्ने अभियानमा जुटौँ ।’

७ बुँदे प्रष्टीकरण
१‍. मार्क्सवादी दर्शनः द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवाद

२. मार्क्सवादको सिर्जनात्मक विकासका क्रममा विकसित जनताको बहुदलीय जनवादको मौलिक कार्यक्रम र सिद्धान्त

३. जबजको प्रयोग र विकासका क्रममा विकसित परिपूर्ण लोकतन्त्रको नवीन मान्यता

४. असंलग्नता र पञ्चशीलको सिद्धान्तमा आधारित नेपालको हित केन्द्रित सन्तुलित परराष्ट्र नीति

५. जबजको सिद्धान्तमा आधारित पार्टी जीवनको लोकतान्त्रिकरणको नयाँ मान्यता

६. जनतासँगको घनिष्ठ सम्बन्धमा आधारित जीवनशैली र आचरणको गौरवपूर्ण परम्परा

७. प्रतिस्पर्धा, पहलकदमी र श्रेष्ठताको मान्यतामा आधारित समाजवाद निर्माणको नेपाली मार्गचित्र

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार