राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्न चाहने संघसंस्थासँग निवेदन मागेको छ ।
आज सूचना प्रकाशित गर्दै बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले रिजल्ट सार्वजनिक गर्न चाहनेहरुलाई आगामी असार ४ गतेभित्र निवेदन दिन भनेको हो । कार्यालयले एसएमएम, आईभीआर र वेबसाइट सेवाका माध्यमबाट आफूले जानकारी दिन चाहेको सेवाको विवरण खोली आवेदन दिन जनाएको छ ।
एसएमएसबाट सूचना दिनका लागि ४० हजार, वेबसाइटबाट नतिजा प्रकाशनका लागि २० हजार, एसएमएस र वेबसाइट सेवाका लागि ६० हजार र एसएमएस, आईभीआर र वेबसाइट सेवाका लागि एक लाख रुपैयाँ राजस्व बुझाउनुपर्ने सूचनामा उल्लेख छ ।
प्रतिक्रिया दनुहोस्