कर्णाली प्रदेशसभाः आज नीति तथा कार्यक्रम प्रस्तुत हुने

काठमाडौँ :  कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम आज प्रस्तुत गर्ने भएको छ । 

    कर्णाली प्रदेशसभाको छैटौँ अधिवेशनको आज बस्ने बैठकमा सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका प्रवक्ता नेत्र कार्कीले जानकारी दिनुभयो ।

Seti Hospital

    कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशी एकसाता अघि उपचारका लागि अमेरिका जानुभएकाले सुदूरपश्चिम प्रदेशका प्रमुख मियाँले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने उहाँले बताउनुभयो । बैठक आज दिउसो ३ः०० बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार