‘चालू वर्षमा सम्पन्न हुने र दायित्व सिर्जना भएका योजनालाई कटौती गरिएको छैन’

काठमाडौं– उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालू वर्षमा सम्पन्न हुने र दायित्व सिर्जना भएका योजनाहरूलाई कटौती नगरिएको बताएका छन् । 

नेपाल पूर्वाधार पत्रकार समाजले बुधबार ललितपुरमा आयोजना गरेको बजेटमा पूर्वाधार क्षेत्र र कार्यान्वयन विषयक कार्यक्रममा पौडेलले केही हजार साना आयोजनाहरू कटौतीमा परे पनि चालू वर्षमा सम्पन्न हुने र दायित्व सिर्जना भएका योजनाहरूलाई कटौती नगरिएको बताएका हुन् ।

Seti Hospital

उनले आयोजनाहरू अलपत्र हुने अवस्थालाई अन्त्य गर्दै कार्यान्वयनका लागि तीन करोडको सीमा राखिएको स्पष्ट पारे । बजेट अनुशासनका निम्ति तीन करोडको सीमा महत्त्वपूर्ण रहेको उनले बताए । पौडेलले संवेदनशील भूवनोट तथा सवारी चाप भएको स्थानमा दिगो पूर्वाधार निर्माणतर्फ काम अघि बढाउने जिकिर गरे ।

उनले सार्वजनिक खरिद नियमावलीमा भएको १४ औँ संशोधनले केही समस्या समाधान भएपछि पूर्ण नभएकाले निर्माण क्षेत्रमा देखिएका समस्याहरूलाई दीर्घकालीन समाधान गर्ने प्रतिबद्धता जनाए  ।  

उनले निर्माण सामग्रीको अभावका कारण आयोजना समयमा नै सम्पन्न नहुने अवस्था अन्त्य गर्न खानीजन्य र नदीजन्य सामाग्री उत्खनन, प्रशोधन र उपयोग गर्दै बाँकी रहे निर्यात गर्ने सरकारको नीति रहेको बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार