विशेष आर्थिक क्षेत्र भैरहवामा भाटभटेनी समूहको प्रवेश, अत्यधुनिक गार्मेन्ट उद्योगको शिलान्यास

काठमाडौँ :  भाटभटेनी समूहले भैरहवामा अत्यधुनिक गार्मेन्ट उद्योग सञ्चालनमा ल्याउने भएको छ । भाटभटेनी, व्यवसायी उमेश श्रेष्ठसहितको टिमले विशेष आर्थिक क्षेत्र भैरहवामा अत्यधुनिक गार्मेन्ट उद्योग स्थापनाका लागि बुधबार शिलान्यास भएको छ ।

समूहका अध्यक्ष मीनबहादुर गुरुङले भूमि पूजासहित बुधबार उद्योगको शिलान्यास गरेका हुन् । “यस नयाँ परियोजनाले भाटभटेनीको व्यापारिक विविधिकरणमा एक महत्वपूर्ण कदम चालेको छ भने नेपालको औद्योगिक वातावरण सुधारोन्मुख रहेको सकारात्मक सन्देश प्रवाह गरेको छ,” भाटभटेनीका सीओओ पानु पौडेलले भने ।

Seti Hospital

यस उद्योगले करिब एक हजार दुई सय रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ । जसले मुख्यता स्थानीय जनशक्ति तथा त्यस क्षेत्रको आर्थिक विकासमा योगदान पु¥याउनेछ ।
अन्तर्राष्ट्रिय मापदण्डमा तयार गरिने यस उद्योगमा आधुनिक मेसिनरी, स्वास्थ्य सुरक्षा र स्वच्छ वातावरणीय प्रणालीको प्रबन्धका साथै एक मेगावाटभन्दा बढीको सौर्य ऊर्जा प्रणाली र ब्याट्री ऊर्जा भण्डारण रहने गरी निर्माण गरिने भएको छ ।

“अन्तर्राष्ट्रिय मापदण्डअनुरुप बन्ने कारखानाले विशेषतः भाटभटेनीका स्टोरहरुमार्फत् स्थानीय बजार तथा अन्तर्राष्ट्रिय बजारको लागि तयारी पोशाकको उत्पादन गर्ने
लक्ष्य लिएको पौडेलले जानकारी गराए ।

“यस परियोजनाले भाटभटेनीको स्थानीय उत्पादन, बजारीकरण र रोजगारीलाई बढाउनेरणनीतिक योजनालाई विस्तार गर्नमात्र होइन, नेपालका औद्योगिक नीतिहरु र
वातावरण सुधार हुँदै गएको सकारात्मक सन्देश दिने एउटा माध्यम बन्नेछ भन्ने विश्वास पनि लिएको छ,” उनले भने 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार