सुनका गहना ठगेर फरार भएको आरोपमा २ पक्राउ

२१ जेठ, काठमाडौं । २६ लाख रुपैयाँ बराबरका सुनका गहना ठगेर फरार भएको आरोपमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुलीको दुधौली नगरपालिका–११ का ३८ वर्षीय दानबहादुर तामाङ र २६ वर्षीय दानबहादुर तामाङ छन् ।

Seti Hospital

उनीहरूले २६ लाख रुपैयाँ बराबरका सुनका गरगहना ठगी गरेको आरोप छ । काठमाडौंका विभिन्न स्थानका सर्वसाधारणलाई ठगेको प्रहरीको भनाइ छ । आफूहरू विदेशबाट भर्खरै आएको बताउँदै उनीहरूले विदेशी मुद्रा साट्न सहयोग गरे रकम दिने भन्दै झुक्याएर गहना लिएर भाग्ने गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
परिसरले काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर उनीहरूलाई हिरासतमा राखी अनुसन्धान अगाडि बढाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार