प्रधानमन्त्री ओली र दाहालबीच सवाल-जवाफ हुँदा देउवा मुसुमुसु

संसद्को जारी गतिरोध अन्त्यका लागि प्रधानमन्त्री केपी शर्मा ओली आफैँ जुटेका छन्। सभामुख देवराज घिमिरेले आफ्नो तहमा पर्याप्त प्रयास गरेपछि पनि गतिरोध नसुल्झिएपछि प्रधानमन्त्री ओली आफैँ तातिएका हुन्। तर, अझै गतिरोध अन्त्यको सम्भावना छैन।

कारण, प्रमुख प्रतिपक्षी तथा विपक्षी दलहरूको अडान। प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र), विपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा (एकीकृत समाजवादी) लगायतले भिजिट भिसा प्रकरणमा दोषी छन् भनिएका गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसद् चल्न नदिने अडान कसेका छन्। 

Seti Hospital

यसले सरकारलाई अप्ठ्यारो बनाएको छ। मङ्गलबार (भोलि) संसद् बस्दैछ। तर, माओवादी-रास्वपासहितका दलहरूले अवरुद्ध गर्ने निर्णय नै गरिसकेका छन्। गत जेठ १४ गते पनि यी दलहरूले संसद् अवरुद्ध नै गरेका थिए। यो पृष्ठभूमिमा प्रधानमन्त्री ओलीले समाधानको ध्येयसहित शीर्षस्थ नेताहरूको बैठक आह्वान गरे तर, समस्या भने ज्युँका त्युँ नै रह्यो।

सिंहदरबारमा बसेको बैठकमा प्रधानमन्त्री ओलीसहित प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालका साथमा अन्य नेताहरू पनि सहभागी थिए।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष दाहालले विषय त्यही होला भन्दै जिभिट भिसा प्रकरणको विषय कोट्याउँदै सुशासनको विषय मुख्य हुने बताए। केही ब्रिफिङ गर्दै दाहालले गृहमन्त्री रमेश लेखकले मार्गप्रशस्त गर्नुपर्ने बताए। त्यसबेला गृहमन्त्री लेखक पनि सँगै थिए।

‘हामीले जो विषयवस्तु राखेका छौँ, ती विषयवस्तु यथावत् नै छन्, सुशासनको विषयलाई केन्द्रमा राखेर अगाडि जानुपर्छ भन्ने हाम्रो भनाइ छ,’ दाहालले भने।

जवाफमा प्रधानमन्त्री ओलीले संसद् अवरुद्ध नगरीकन सहमतिमा गएर खुलाएर जानुपर्ने बताए। ‘अब संसद् अवरुद्धको कुरा होइन, खुलाएर त्यहीँ छलफल गरेर जानुपर्छ,’ प्रधानमन्त्री ओलीले जवाफमा भने।

त्यसमा पुन: दाहालले केही गडबढ भएको भन्दै त्यसमा छानबिन हुनुपर्ने र त्यसका लागि गृहमन्त्री लेखकले मार्गप्रश्त गर्नैपर्ने बताए। गृहमन्त्री लेखक कानूनी प्रक्रियाका जानकारसमेत रहेका उल्लेख गर्दै उनले भने, ‘गडबढ भएको छ, त्यो विषय वस्तुलाई हल गर्नका लागि गृहमन्त्रीले मार्गप्रशस्त गर्नुपर्छ भन्ने विषयवस्तु हो हाम्रो।’

जवाफमा प्रधानमन्त्री ओलीले त्यो गृहमन्त्रीको नभएर कर्मचारीको मात्रै विषय भएको बताए। सहमतिमा आएर संसद् खुलाउनुपर्ने पुनर्जोड दिँदै उनले भने, ‘कमर्चारीको कुरा हो, त्यसैले राजीनामा दिनुपर्दैन माननीय गृहमन्त्रीले। यसमा हामी स्पष्ट हुनुपर्छ।’

त्यसमा दाहालले प्रश्न उठेपछि नैतिकताका आधारमा पनि विचार गरिनुपर्ने बताए। तर, यो विषयले पार भने पाएन। यद्यपि प्रधानमन्त्री ओलीले संसद् खुलाउनका लागि आग्रह गरे। यसपछि दाहालले अन्य विपक्षी दलहरूसँग पनि छलफल गर्ने बताए। तर, त्यसको ठीक अगाडि दाहालकै अध्यक्षतामा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले गृहमन्त्री लेखकले राजीनामा नदिएसम्म संसद् चल्न नदिने निर्णय नै गरिसकेको थियो।

प्रधानमन्त्री ओली र दाहालबीच सवाल-जवाफ भइरहँदा कांग्रेस सभापति देउवा भने धेरै बोलेनन् बरु मुसुमुसु हाँसे। बैठकमा सहभागी माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेका अनुसार देउवाले प्रधानमन्त्री ओलीको प्रस्तावमा ‘हो हो’ मात्रै भने।

प्रधानमन्त्री ओलीसँग छलफल भए पनि आफूहरूको अडान उही हुने माओवादी केन्द्रका उपमहासचिव तथा सांसद वर्षमान पुन बताउँछन्। ‘प्रश्न उठेपछि राजीनामा दिएर मार्गप्रशस्त गर्दा नै उपयुक्त हुन्छ। भिजिट भिसा प्रकरणमा सेटिङ, भ्रष्टाचार अनियमितता छ भन्ने स्पष्ट छ, को को छन्, त्यो छानबिनले देखाउँछ,’ उनले भने।

उता रास्वपाले पनि यही कुरामा सहमति जनाएको छ। आजै साँझ बसेको संसदीय दलको बैठकबाट पनि रास्वपाले उही निष्कर्ष निकालेको छ। बैठकपछि कार्यवाहक प्रवक्ता मनीष झाले गृहमन्त्री लेखकले राजीनामा नदिएसम्म संसद् चल्न नदिने निर्णय भएको सुनाए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार