एकल महिलालाई आत्मनिर्भर बनाउन मौरीसहित घार वितरण

काठमाडौँ, २१ जेठ : बागलुङको तमानखोला गाउँपालिकाले २२ जना एकल महिलालाई मौरीसहित घार वितरण गरेको छ। पालिकालेरु तीन लाखमा घार खरिद गरी वितरण गरेको हो ।

एकल महिलालाई व्यवसायसँग जोडेर आत्मनिर्भर बनाउन सीप सिकाएर मौरी र घार वितरण गरिएको हो गाउँपालिकाकी उपाध्यक्ष हीराकुमारी छन्त्यालले बताउनुभयो । अनुदानलगायत प्राविधिक सहयोग गर्दै आएको उहाँको भनाइ छ । तमानखोला क्षेत्र मौरीपालकका लागि उपयुक्त भएको हुँदा पहिलो चरणमा एकएक घार उपलब्ध गराएको तथा व्यावसायिक रूपमा काम गरेमा थप सहयोग गर्ने उहाँले बताउनुभयो ।

Seti Hospital

“एकल महिलाई यस वर्ष सीप सिकाएर व्यवसायसँग जोडौँ भन्ने हिसाबले मौरीपालनसम्बन्धी तालिम र मौरीसहित घार पनि उपलब्ध गराएका छौँ, ”, उपाध्यक्ष छन्त्यालले भन्नुभयो । 
तमानखोला गाउँपालिका–६ की जसदेवी छन्त्यालले मौरीपालनबाट परिवार चलाउने र छोराछोरीको पढाइ खर्च जुटाउने योजना सुनाउनुभयो । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार