नेपालगञ्ज विमानस्थलको टर्मिनल भवन निर्माण सम्झौता अगावै सकिँदै

नेपालगञ्ज विमानस्थलको नयाँ टर्मिनल भवन तोकिएको समयभन्दा अगाडी नै सम्पन्न हुने भएको छ । सबै  विमानस्थलको टर्मिनल भवनको ब्लक ए, बी र सी सहित एप्रोन, सवारी साधन पार्किङ, गेष्ट हाउस, नाला, फुटपात, शौचालयलगायतका संरचना निर्माणको अन्तिम चरणमा रहेकाले तोकिएको समय अगावै सम्पन्न हुने निर्माण पक्षको दाबी छ । आयोजनाका इन्जिनियर स्मिता पुञ्जलीले तोकिएको समयभन्दा अगाडी नै सम्पन्न गर्ने गरी ठेकेदार कम्पनीले कामलाई तिब्रता दिएको बताइन् ।  

विमानस्थलको टर्मिनल भवनको निर्माण शर्मा एण्ड कम्पनी प्रा.लि.ले सन् २०२२ डिसेम्बर १६ मा सम्झौता गरी सुरु गरेको थियो । नेपालगञ्ज विमानस्थल आयोजना कार्यालयका अनुसार उक्त कम्पनीले सन् २०२५ डिसेम्बर १५ मा सबै काम सम्पन्न गर्ने गरी मूल्य अभिवृद्धि कर(भ्याट) बाहेक २ अर्ब ७२ करोड रुपैयाँमा सम्झौता गरेको थियो ।  

Seti Hospital

‘ठेकेदार कम्पनीले पाएको म्याद मंसिरमा सकिन्छ, तर त्यो भन्दा अगाडी नै हुने जस्तो देखिन्छ,’ ईन्जिनियर स्मिताले नागरिकसँग भनिन् ‘अहिलेसम्मको काम सन्तोषजनक नै छ ।’  

उनकाअनुसार अहिलेसम्म ७० प्रतिशतजति भौतिक प्रगति देखिएको छ । तर, बजेट अभावका कारण भौतिक प्रगतिभन्दा कम अर्थात् १ अर्ब ५० करोड बराबरको रकममात्र कम्पनीले भुक्तानी लिएको छ ।  

‘चालु आर्थिक वर्ष २०८१-०८२ मा विनियोजित बजेट सबै सकियो, यसले गर्दा कम्पनीलाई भुक्तानी दिन सकिएको छैन,’ उनले भनिन् ‘अब अर्को आर्थिक वर्षको बजेटबाट कम्पनीलाई बाँकी रकम भुक्तानी गर्ने योजना छ ।’ निर्माणको काम अन्तिम चरणमा आईपुग्दा विमानस्थल परिसरको स्वरुप नै परिवर्तन भएको छ ।

तोकिएको समयभन्दा अगाडी काम हुनुका पछाडी कम्पनीको नीति रहेको शर्मा एण्ड कम्पनी प्रा.लि.का राकेशकुमार शाह बताउँछन् । ‘जिम्मा लिएपछि समयतालिका अनुसार काम गर्ने कम्पनीको नीति छ,’ उनले भने ‘हाम्रो कम्पनीले जिम्मा लिएको प्रायः सबै ठाउँको काम म्यादभन्दा अगाडी नै सम्पन्न भएका छन् ।’  

उनका अनुसार कम्पनीले नेपालगञ्ज–गुलरिया हुलाकी सडकको काम पनि तोकिएको म्यादभन्दा १० महिना अगाडी सम्पन्न गरेको थियो । नेपालगञ्ज विमानस्थलको टर्मिनल भवनसहितका संरचना आगामी साउन महिनामा नेपाल नागरिक उडड्यन प्राधिकरणलाई हस्तान्तरण गर्ने योजना रहेको इन्जिनियर शाहले बताए ।  

शाहका अनुसार विमानस्थल परिसरमा अण्डर ग्राउण्डसहित तीन तल्लाको ५५ हजार स्क्वायर फिटमा टर्मिनल भवन निर्माण गरिएको छ । टर्मिनल भवनलाई अन्र्तराष्ट्रिय मापदण्ड अनुसार बनाइएको छ । ‘भविष्यमा रनवे बिस्तार भएमाअन्र्तराष्ट्रिय उडान गर्न मिल्ने गरी अन्र्तराष्ट्रिय मापदण्ड अनुसारको टर्मिनल भवन बनाएका छौं,’ शाहले थपे । उक्त टर्मिनल भवनमा एकै पटक ५ सय जना यात्रु अट्न सक्छन् । कामको प्रगति अनुसार सरकारबाट भुक्तानी नपाएको निर्माण कम्पनीको गुनासो छ ।  

विमानस्थलमा नयाँ टर्मिनल भवनसँगै विभिन्न पुर्वाधार निर्माण भएपछि यसले नेपालगन्जको विकासमा थप टेवा पुर्याएको यहाँका नागरिक अगुवाहरु बताउँछन् । नेपालगञ्ज उद्योग वाणिज्य संघका पुर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठले टर्मिनल भवन निर्माणले नेपालगञ्ज–दिल्लीसहित अन्र्तराष्ट्रिय उडानका लागि बाटो खुल्ने बताए ।  

‘नेपालगञ्ज विमानस्थलमा जसरी भौतिक संरचना निर्माण भइरहेका छन्, यसले नेपालगञ्जको विकासमा टेवा पुर्याएको छ, यसका साथै नेपालगञ्जलाई भविष्यमा अन्र्तराष्ट्रिय हवाई मार्गसँग जोड्ने काम गर्नेछ,’ उनले भने ।  

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार