पेलेरै अगाडि बढ्ने सत्तारूढको तयारी

काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा नदिए सदन चल्न नदिने प्रतिपक्षी दलहरूको ‘बटमलाइन’ रहेको बुझेका प्रधानमन्त्री केपी शर्मा ओली ‘पेलेरै’ अगाडि बढ्ने निष्कर्षमा पुगेका छन् । संसद् निरन्तर अवरुद्ध गर्न नहुने बताउँदै उनले यसरी अगाडि बढ्न नसकिने भएकाले तयारी अवस्थामा रहन सांसदहरूलाई निर्देशन दिएका छन् ।

भिजिट भिसा र संसद् अवरुद्ध

Seti Hospital

सोमबार बानेश्वरमा बसेको नेपाल कम्युनिस्ट पार्टी (एमाले) संसदीय दलको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्षसमेत रहेका ओलीले गृहमन्त्री लेखकको राजीनामालाई अनावश्यक विषय बनाएर प्रतिपक्षले सदन अवरोध गर्नु लोकतन्त्रविपरीत भएको बताएका छन् ।

मंगलबार (आज) प्रतिनिधिसभाको बैठक बस्दै छ । उनले मंगलबार (आज)को प्रतिनिधिसभा बैठकमा नियमित गतिविधि सञ्चालन हुने बताए । ‘मंगलबारदेखि नियमित संसद् चलाऊँ भनेर मैले प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग कुरा गर्न खोजेको छु, उहाँ सम्पर्कमा आउनुभएन, वार्ता, संवाद नगर्ने अनि सदन बन्द गर्ने मुडमा उहाँहरू हुनुहुन्छ होला । यस्तो व्यवहार सधैं चल्दैन । संसद् सधैं बन्द हुँदैन,’ प्रधानमन्त्री ओलीले भने, ‘केही विषय नपाएर गृहमन्त्रीको राजीनामा मागिएको छ, जबकि गृहमन्त्रीमाथि कुनै उजुरी वा छानबिन चलेको छैन, त्यसकारण यस्ता कुरामा संसद् अवरुद्ध हुँदैन, मंगलबारदेखि सदन चल्छ ।’

उनले सडकमा कुनै समूहले केही माग लिएर बस्दा दौडिएर समर्थन गर्ने, सदन पनि अवरोध गर्ने, यस्ता कामले प्रतिगमनलाई सहयोग पुग्ने तथा लोकतन्त्रलाई असहयोग हुने बताए । खास परिस्थितिबाट देश अगाडि बढिरहेको गम्भीर मोडमा सरकारको बजेट प्रस्तुत भएकाले यसका पक्षमा तर्कपूर्ण रूपमा आफ्ना कुरा राख्न सांसदहरूलाई आग्रह गर्दै प्रधानमन्त्री ओलीले मन्त्रीहरूलाई संसदीय गतिविधिलाई महत्व दिन निर्देशनसमेत दिए ।

प्रधानमन्त्री ओलीले जसरी पनि संसद् नियमित गतिविधि अगाडि बढाउने बताउँदै गर्दा सोमबार नै बसेको प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को पदाधिकारी बैठकले गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म संसद् अगाडि बढ्न नदिने निष्कर्ष निकालेको छ । बैठकले गृहमन्त्री लेखकको राजीनामा नआएसम्म संसद् अवरोधलाई निरन्तरता दिने निर्णय गरेको छ ।

बैठकको निर्णय’boutमा जानकारी दिँदै माओवादी केन्द्रका सांसद माधव सापकोटाले भने, ‘गृहमन्त्रीको राजीनामा नआएसम्म संसद् अवरोध कायम रहनेछ ।’

यस्तै, बैठकले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट आधारभूत वर्गको हितमा नरहेको निष्कर्ष निकाल्दै समर्थन गर्न नसकिने निष्कर्ष निकालेको छ ।

माओवादी केन्द्रसहित विपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), आमजनता पार्टी (आजपा) सहितका दलहरूले संसद् अवरुद्ध गर्दै आएका छन् । यसअघि बसेको रास्वपा संसदीय दलको बैठकले गृहमन्त्रीको राजीनामा नदिएसम्म संसद् अगाडि बढ्न नदिने निर्णय गरिसकेको छ । विपक्षी दलहरूले गृहमन्त्री लेखकको राजीनामा ‘बटमलाइन’ बनाएका छन् ।

जुटेन सहमति
यसैबीच, सोमबार नै बसेको प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठकमा संसद्को जारी अवरोध हटाउने ’boutमा सहमति जुटेन । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका शीर्ष नेताहरू बैठकमा सहभागी थिए ।

सिंहदरबारमा बसेको बैठकमा संसद्को जारी गतिरोध हटाउने, प्रतिगामीहरूको गतिविधिको विषयसहित समसामयिक राजनीतिक ’boutमा छलफल भएको बैठकमा सहभागी माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जनाएका छन् ।

पाण्डेले सदनको अवरोध हटाउने विषयमा भने सहमति नभएको बताए । ‘प्रधानमन्त्रीले बोलाएको बैठकमा हामी सहभागी भयौं, संसद्को गतिरोध हल गर्ने’bout छलफल भयो, यस्तै प्रतिगामीहरूको गतिविधिका विषयमा पनि कुराकानी भयो, यी विषयमा छलफल भए तर ठोस निर्णय भएन, सदन अवरोध हल गर्ने विषयमा सहमति भएन,’ माओवादी केन्द्रका प्रमुख सचेतक पाण्डेले भने ।

प्रधानमन्त्री ओलीले सदन अवरोध गर्नु राम्रो नहुने भन्दै खोल्नका लागि आग्रह गरेको पनि पाण्डेले जनाए । प्रधानमन्त्री ओलीले गृहमन्त्री लेखकको राजीनामा नआउने अडान सुनाएका थिए । ‘प्रधानमन्त्रीले राजीनामा होइन सदन खोलेर अघि बढौं भन्नुभयो, हामीले राजीनामाको विषयवस्तु यथावत् छ भन्यौं । यो त सुशासनमा केन्द्रित विषय हो नि,’ उनले भने ।

भिजिट भिसा प्रकरणमा गडबड भएको पाण्डेको भनाइ छ । ‘माननीय गृहमन्त्रीले यो समस्या हल गर्नका लागि राम्रोसँग अनुसन्धान गर्नका लागि मार्गप्रशस्त गर्नुपर्छ भनेका छौं, त्यो भनेको त राजीनामा नै भइहाल्छ तर प्रधानमन्त्रीले यो त कर्मचारीको कुरा हो भन्नुभयो,’ उनले भने ।

दोस्रो तहका नेतालाई लिएर प्रमुख दलका शीर्ष तीन नेता छलफलमा पुगेका थिए । छलफलमा प्रधानमन्त्री एवं अध्यक्ष ओली, कांग्रेस सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, माओवादी केन्द्रका महासचिव देव गुरुङ, हितराज पाण्डे, कांग्रेस नेता कृष्णबहादुर सिटौला, गृहमन्त्री रमेश लेखक, नेसपा नेता महेन्द्रराय यादवसहितका नेताहरू सहभागी थिए ।

बैठकमा देउवा र प्रचण्डलाई बस्नका लागि एकै किसिमको कुर्सीको व्यवस्था गरिएको थियो । यसअघि तीन नेता भेट्दा प्रचण्ड र देउवा छेउका सोफामा दायाँ–बायाँ बसेका हुन्थे भने प्रधानमन्त्री बीचमा विशेष कुर्सीमा बसेका हुन्थे । सत्ताधारी दुई दलको बैठकमा भने यस अघिदेखि नै प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाका लागि विशेष कुर्सीको व्यवस्था गरिँदै आइएको छ । गृहमन्त्री लेखकको राजीनामा मागिरहेका बेला प्रधानमन्त्री कार्यालयले प्रचण्डका लागि पनि विशेष कुर्सीको व्यवस्थापन गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

गत १३ जेठदेखि सदन अवरुद्ध गर्दै आएका प्रतिपक्षी दलहरूले १५ जेठमा सरकारले बजेट ल्याउँदा अवरोध गरेनन् । भिजिट भिसा प्रकरण चर्किंदै गएपछि सदनदेखि सडकसम्म गृहमन्त्री लेखकको राजीनामा माग्दै आवाज उठ्दै आएको छ । यसअघि अनुसन्धानमा सहयोग गर्ने उद्देश्यले गृहमन्त्री लेखक राजीनामा दिन तयार पनि भइसकेका थिए । तर, गत बुधबार नै प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाले राजीनामा दिनु नपर्ने निष्कर्षसहित उनलाई रोकेका थिए । त्यसपछि प्रतिपक्षी दलहरू झन् आक्रामक रूपमा अगाडि बढेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार