एचपिभी परीक्षण गरिएका २५ सय महिलामध्ये एक सय २६ जनामा पेपिलोमा भाइरस

काठमाडौं : महानगरले महिलाहरूमा गरेको क्यान्सर परीक्षण शिविरमा परीक्षण भएका २५ सय ६४ जनामध्येमा एक सय २६ जनामा पेपिलोमा भाइरस पुष्टि भएको छ। काठमाडौं महागरपालिका र राष्ट्रिय चिकित्सा विज्ञान प्रतिषठानको सहकार्यमा गत चैत १२ देखि वैशाख १२ गतेसम्म महिलाहरूको स्तन, पाठेघरको मुख र अन्य क्यान्सर परीक्षण शिविर सञ्चालन भएको थियो। सोमबारको शिविरमा सहभागी चिकित्सक तथा स्वास्थ्यकर्मी टोलीले शिविरको नतिजा प्रतिवदेन महानगरलाई बुझाएका छन्।  

प्रतिवेदनमाथि बोल्दै शिविरमा सहभागी वीर अस्पतालकी क्यान्सर रोग विशेषज्ञ प्रा.डा.सन्ध्या चापागाइँले ह्युमन पेपिलोमा भाइरस हुँदैमा क्यान्सर भइनहाल्ने बताइन्। ‘एचपिभी पोजिटिभ हुनु भनेको क्यान्सर हुनु होइन,’ उनले भनिन्। तर यसबाट संक्रमण भएर क्यान्सरको जोखिम हुने भएकोले सचेत हुनु आवश्यक रहेको उनको भनाइ छ। ‘एचपिभी पोजिटिभ देखिने बित्तिकै परिवारका सदस्य डराउनु हुन्छ, तर यस्तो हुँदैमा क्यान्सर भइहाल्दैन,’ उनले भनिन्।  

Seti Hospital

एचपीभी पोजेटिभ देखिएका १२६ जनामध्ये १३ जनामा एचपीभी १६ र १५ जनामा एचपीभी १८ पोजेटिभ देखिएको प्रा.डा.चापागाइँले जानकारी दिइन्। एक महिने निःशुल्क शिविरमा २ हजार ५६४ जनाको सर्भाइकल क्यान्सर, ६७० जनाको मेमोग्राम, ३७० जनाको स्तन क्यान्सर परीक्षण गरिएको थियो। यस्तै ११३ जनाको कल्कोस्कोपी गरियो। शिविर पुगेका महिलाहरूमध्ये करिब ८५ प्रतिशत महिलाले पहिलो पटक परीक्षण गराएका थिए।  

‘अहिलेसम्म एचपीभी १६ र एचपीभी १८ को मात्र परीक्षण गर्ने साधन छन्। शिविरबाट ९८ जनाको रिपोर्ट यी दुई समूहमा देखिएन। उनीहरूको रिपोर्टलाई अन्य समूहमा राखिएको डा. चापागाइँले बताइन्। महानगरपालिकाले यसको परीक्षणका लागि साधन उपलब्ध गराएमा नमूनाको पुनः परीक्षण गरी भाइरस यकिन गर्न सकिन्छ, रिपोर्टको आधारमा नीति तथा कार्यक्रम तर्जुमा गर्न सजिलो हुन्छ,’ चापागाइँले भनिन्।  

एनका अनुसार एचपीभी ६, एचपीभी ११, एचपीभी १६, एचपीभी १८, एचपीभी ३१, एचपीभी ३३, एचपीभी ४५, एचपीभी ५२ र एचपीभी ५८ को संक्रमणले क्यान्सरको जोखिम हुन्छ। यसमध्ये नेपालमा एचपीभी १६ र एचपीभी १८ को मात्र परीक्षण हुने गरेको छ।  

परीक्षण गराएका महिलाहरूमध्ये ३८ जनाको परिवारमा स्तन क्यान्सरको हिस्ट्री थियो। ५ जनाको स्तन र सर्भाकल क्यान्सर, २ जनाको ओभरियन क्यान्सर, ३४ जनाको सर्भाइकल क्यान्सरको हिस्ट्री थियो। १ हजार ६६ जना बिरामीले आफ्नो परिवारमा क्यान्सर नभएको रिपोर्टले औल्याएको छ।  

परीक्षणमा सबैभन्दा धेरै ३० देखि ६९ वर्ष उमेर समूहका महिलाहरू सहभागी भएका थिए। गत वर्ष एचपीभी डीएनए पोजेटिभ देखिएका ६० जना, भीआइए पोजेटिभ देखिएका ११ जना, प्यामस्मेयर पोजेटिभ देखिएका ८ जना, एचपीभी डीएनए र भीआइए पोजेटिभ देखिएका २ जनाले पनि यस वर्ष परीक्षण गराएका थिए।

रिपोर्टले देखाएको तथ्यमा कुरा गर्दै अस्पतालको अङ्कोलोजी विभागका प्रमुख प्राध्यापक डा.विवेक आचार्यले ‘महानगरपालिकासँगको सहकार्यमा हामीले यो सेवालाई नियमित गर्ने योजना बनाएको बताए। ‘यसबाट धेरै सेवाग्राहीलाई सहज परीक्षणको वातावरण बन्ने छ,’ उनले भने। डा.आचार्यको प्रस्तावमा महानगर सकारात्मक रहेको महानगरका स्वास्थ्य विभाग प्रमुख दीपककुमार केसीले बताए। ‘शिक्षित भइकन पनि सहरका महिलाहरूले क्यान्सर परीक्षण नगर्ने प्रवृत्ति देखिएन, ३० वर्ष उमेर माथिकालाई परीक्षण गर्ने वातावरण बनाउँछौं,’ स्वास्थ्य प्रमुख केसीले भने।

परीक्षण विधि के-के थिए?  

परीक्षणका क्रममा महिलाको स्तनको क्लिनिकल जाँच गरिएको थियो। प्रारम्भिक जाँचका क्रममा शंका लागेका महिलाहरूको अल्ट्रासाउन्ड, मेमोग्राफी गर्न पठाइएको यियो। पाठेघरको मुखको क्यान्सर परीक्षणमा एचपीभी डीएनए पीसीआर ९ ह्युमन प्यापोलिमा भाइरस परीक्षण गरियो। यसबाट पोजेटिभ रिपोर्ट आएका महिलाहरुको कल्पोस्कोपी र बायोप्सी गरिएको थियो। २०८१ सालमा पहिलो पटक र यो वर्ष दोस्रो चरणको परीक्षण शिविर सञ्चालन गरिएको हो। गत वर्ष आठ हजार १ सय ४५ जनाले स्वास्थ्य परीक्षण गरेका थिए। ती मध्येमा ६ हजार ६ सय ३४ जनामा पाठेघरको मुखको एचपिभी डिएनए परीक्षण गरिएको थियो भने ४ सय ५३ जनामा एचपिभी पोजेटिभ देखिएको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार