निगम भन्छ– अहिले सबै विमान उडानमा छन्


काठमाडौं । नेपाल वायुसेवा निगमले अहिले सबै विमान उडानमा रहेको स्पष्ट पारेको छ । आज प्रेस विज्ञप्तिमार्फत निगमले प्राविधिक, आर्थिक तथा प्रशासनिक अवस्थाबारे जानकारी दिएको हो ।

निगमको स्वामित्वमा रहेका दुईवटा ए–३३० वाइडबडी, दुईवटा ए–३२० न्यारोबडी र दुईवटा डीएचसी–६ ट्विनअटर विमान अन्तर्राष्ट्रियस्तरको ‘सी–चेक’लगायत प्राविधिक परीक्षण गरी सञ्चालनमा रहेको निगमले जनाएको छ ।

Seti Hospital

निगमका अनुसार, ए–३२० विमानका इन्जिन अन्तर्राष्ट्रिय प्रयोगअनुसार ‘लिज विथ एमआरओ’ प्रणालीअन्तर्गत मर्मतपछि सञ्चालनमा आइसकेको छ । त्यस्तै, एक इन्जिनको इन्जिन लिज रिर्टन प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

निगमले यात्रुवाहक सेवामात्र नभई ग्राउन्ड ह्यान्डलिङ सेवा तथा मालवाहन सेवा (कार्गो) बाट पनि राम्रो आम्दानी गरिरहेको उल्लेख गरेको छ । कोभिड–१९ महामारीपछिको कठिन समयमा पनि सेवा निरन्तरता दिई राजस्व सन्तुलन कायम राख्ने प्रयास गरिएको निगमको भनाइ छ ।

निगमका अनुसार, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पनि विमान सञ्चालनका लागि आन्तरिक तयारी भइरहेको छ । यस्तै, विमानस्थलमा सेवा विस्तार गर्न आवश्यक जनशक्ति, उपकरण, फ्यासिलिटी तथा अनुमतिका लागि गृहकार्य भइरहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार