मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

काठमाडौँ- सर्लाहीमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी सर्लाही मलंगवा–४ का ३५ वर्षीय घनश्याम रायको मृत्यु भएको हो।

बरहथवा नगरपालिका १७ नम्बर वडा कार्यालय नजिकै कटानीबाट कडरिया टोलतर्फ जाँदै गरेको ना ४६ प २८२० नम्बरको मोटरसाइकल आफैँ बिहान २ः५० अनियन्त्रित भई पुलको दाहिनेतिर २-३ मिटर तल खस्दा राय घाइते भएका थिए।

Seti Hospital

भेनस अस्पताल बरहथवामा उपचारका लागि भर्ना गरिएका उनलाई थप उपचारको लागि एलएस न्यूरो अस्पताल बारा पठाइएको प्रहरीले जनाएको छ। रायको उपचारको क्रममा बिहान ५ : ५५ बजे एलएस न्यूरो अस्पताल बारामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

facebook sharing button
twitter sharing button
messenger sharing button

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार